चैत्र १९, २०८१ मंगलबार | ०६:१८:३१
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

मधेशको सान्त्वना जित, इशानको शतकका बाबजुद बागमती पराजित

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको छ ।

मधेशले बिहीबार लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशविरुद्ध चार विकेटको जित निकाल्यो ।

जितसँगै ९ खेलमा आठ अंक जोडेको मधेशले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित बागमती समान खेलबाट आठ अंकका साथ चौथो स्थानमा रह्यो ।

सिद्धार्थनगर क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । 

मधेशका लागि कप्तान अनिल साहले ५३ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ७० रनको योगदान गरे । यसैगरी हरिशंकर साहले ३३, पवन सराफले ३१, रुपेश सिंहले अविजित २५, दिपेश दासले १९, शैलेन्द्र साहले १६ र विशाल पटेलले १३ रन बनाए ।

बागमतीका लागि सूर्य तामाङले दुई तथा रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २५९ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि इशान पाण्डेले १२७ बलमा १४ चौकाको मद्दतले सर्वाधिक ११४ रनको योगदान गरे । यसैगरी रिजन ढकाल र विवेक यादवले समान ३०, विपिन आर्चायले २७ र शुभ कंसाकारले २० रन बनाए ।

मधेशका लागि हरिशंकर शाह, पवन सराफ र अनिल साहले समान दुई तथा रुपेश सिंह र विशाल पटेलले समान एक विकेट लिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC