चैत्र १९, २०८१ मंगलबार | ०६:१७:२८
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

दिल्लीसँग लखनउ पराजित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार लखनउ सुपर जायन्ट्सविरुद्ध एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

यससँगै सुखद सुरुआत गरेको दिल्लीले दुई अंक जोडेको छ । लाखनउले भने हारका साथ प्रतियोगिताको सुरुआत गरेको छ ।

विशाखापट्नमस्थित डा. वाइएस राजशेखर रेड्डी क्रिकेट मैदानमा लखनउले प्रस्तुत गरेको २१० रनको लक्ष्य दिल्लीले तीन बल बाँकी रहँदा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका लागि आशुतोष शर्माले ३१ बलमा सामन पाँच चौका र छक्काको मद्दतले अविजित ६६ रनको योगदान गरे । यसैगरी विपराज निगमले ३९, ट्रिस्टन स्टब्स ३४, फाफ डु प्लेसिसले २९ र कपतान अक्षर पटेलले २२ रन बनाए ।

आशुतोषले सातौं विकेटका लागि विपराजसँग ५५ रनको साझेदारी गरेका थिए । लखनउका लागि शार्दुल ठाकुर, मणिमारन सिद्धार्थ, डिग्भेश राठी र रवि बिश्नोईले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।

लखनउका लागि निकोलस पुरनले ३० बलमा सात छक्का र ६ चौकाको मदद्तले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ३६ बलमा समान ६ चौका र छक्कासहित ७२, डेविड मिलरले अविजित २७ र एडियन मार्करमले १५ रन बनाए ।

दोस्रो विकेटका लागि निकोलस र मिचेलले ८७ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि मिचेल स्टार्चले तीन कुलदीप यादवले दुई तथा विपराज निगम र मुकेश कुमारले समान एक विकेट लिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC