चैत्र १९, २०८१ मंगलबार | ०६:१७:२८
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको छ ।

जितसँगै ९ खेलमा चार अंक जोडेको गण्डकी आठौं स्थानमा छ । पराजित मधेश सात खेलबाट समान अंकका साथ सातौं स्थानमा छ । 

सिद्धार्थ क्रिकेट मैदानमा दुवै टाेलीले २४६ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिएइको हो ।

सुपर ओभरमा गण्डकीले प्रस्तुत गरेको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्रै बनाउ सक्यो । मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले तीन रन बनाए ।

त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रनको योगदान गरे ।

मधेशका लागि रुपेशसिंहले दुई विकेट लिए । 

खेलमा मधेशले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन नै बनाएको थियो ।

गण्डकीका लागि अर्जुज कुमालले १४० बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक १०६ रनको योगदान गरे । प्रतियोगितामा अर्जुनको योे पहिलो शतक हो ।

यसैगरी, सुदीप अर्यालले अविजित ३४, दिनेश बुढामगरले ३४, कप्तान विपिन खत्रीले २६, सुवास भण्डारीले १३ र कमल परियारले ११ रन बनाए ।

चौथो विकेटका लागि अर्जुन र दिनेशले ११० रनको साझेदारी गरेका थिए ।

मधेशका लागि विशाल पटेलले चार तथा रुपेश सिंह, रञ्जित कुमार, प्रदीप पासवान र पवन सराफले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २४६ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि रोहन विकेटले ९८ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए । यसैगरी, रुपेश सिंहले ३२ बलमा चार चौका र तीन छक्कासहित मद्दतले अविजित ५१, हरिशंकर शाहले १०२ बलमा समान एक चौका र छक्काको सहयोगमा ५१,  पवन सराफले ३३, सनी साहले अविजित १५ र विशाल पटेलले १२ रन बनाए ।

तेस्रो विकेटका लागि रोहन र हरिशंकरले १०० तथा आठौं मिनेटका लागि रुपेश र सनीले अविजित ६० रनको साझेदारी गरेका थिए ।

गण्डकीका लागि कमल परियार र विपिन खत्रीले समान दुई तथा अमृत गुरुङ र सन्दीप पराजुलीले समान एक विकेट लिए ।


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC