चैत्र १९, २०८१ मंगलबार | ०६:१८:२८
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

पुरन र रोहितको अर्धशतकमा एपिएफ विजयी

रोहितकुमार पौडेल, तस्विर: क्यान ।

काठमाडौं । पुरन विक र कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशविरुद्ध सात विकेटको जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ । पराजित लुम्बिनी ९ खेलबाट आठ अंकका साथ छेटौं स्थानमा कायम छ ।

भैरहवाको एक्ट्राटेक ओभलमा लुम्बिनीले प्रस्तुत गरेको २२४ रनको लक्ष्य एपिएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

एपिएफका लागि पुरनले ११२ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे । यसैगरी रोहितले ९४ बलमा सात चौकासहित ७१, सन्दीप जोराले अविजित २१, लोकेश बमले २१ र आसिफ शेखले १८ रन बनाए ।

पूर्णले तेस्रो विकेटका लागि रोहितसँग १२० तथा चौथो विकेटका लागि सन्दीपसँग अविजित ५४ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका लागि तीनै विकेट राजेन्द्र बमले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलमा चार चौकाको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी मृनाल गुरुङले ८७ बलमा चार चौकासहित ५५, आकाश त्रिपाठीले २२, प्रज्वल थापाले २० र निर्मल गुरुङले १२ रन बनाए ।  

देवले तेस्रो विकेटका लागि प्रज्वलसँग ६५ र दोस्रो विकेटका लागि मृनालसँग ५७ रनको साझेदारी गरेका थिए ।

एपिएफका लागि अमरसिंह राउटेला र अभिषेक गौतमले समान तीन तथा मौसम ढकालले दुई विकेट लिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC