चैत्र १९, २०८१ मंगलबार | ०६:१८:३०
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

वरिष्ठ प्रशिक्षक टमाटा अस्ट्रेलियामा सम्मानित

काठमाडौं । वरिष्ठ क्रिकेट प्रशिक्षक जगत टमाटा अस्ट्रेलियामा सम्मानित भएका छन् ।

करिब डेढ दशकदेखि प्रशिक्षणमा आबद्ध टमाटालाई एनआरएनए न्यु साउथवेल्सले आइतबार सिड्नीस्थित ग्रानभिलमा सम्मान गरेको थियो ।

एनआरएनए न्यु साउथवेल्सले नेपाली क्रिकेटको विकासमा टमाटाको योगदान अतुलनिय रहेको भन्दै उनलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएको छ ।

टमाटाको प्रशिक्षणमा सन् २०११ एसिसी यु-१९ कपमा नेपाल उपविजेता बन्दै एसिया कप र विश्वकपमा छनोट भएको थियो ।

नेपालले सन् २०१२ मा आइसिसी यु-१९ विश्वकप खेल्दा भने उनी सहायक प्रशिक्षक थिए ।

यस्तै, टमाटाकै प्रशिक्षणमा नेपालले सन् २०१५ को छनोटमा विजेता बन्दै सन् २०१६ को आइसिसी यु-१९ विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

यसैगरी, टमाटाले नेपालको पुरुष तथा महिला सिनियर टोलीको प्रशिक्षण पनि सम्हालिसकेका छन् ।

उनी २०७८ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस अवार्डमा दशकको उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भएका थिए ।

पछिल्लो पटक टमाटाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

एनआरएनए न्यु साउथवेल्सका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हेमन्त काफ्ले, एनआरएनए ओसियाना क्षेत्रीयसंयोजक दिनेश पोखरेल, एनआरएनए ओसियाना उपक्षेत्रीय संयोजक अरुण ठाकुर, एनआरएनए न्यु साउथवेल्सका सचिव कल्याण खड्का, नेप्लिज क्रिकेट संघ अस्ट्रेलिया (एनसिएए) का पूर्व अध्यक्षहरू निरज श्रेष्ठ र रुपक चुडाल, जनसम्पर्क समिति अस्ट्रेलिया उपाध्यक्ष राजेश केसी र ग्रानभिल नेपाली समुदायका अध्यक्ष भीम बस्नेत, एनआरएनए ग्लोबल पूर्व खेल संयोजक डा.राजु मानन्धरलगायतको उपस्थिति थियो ।

प्रशिक्षक टमाटा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको निमन्त्रणमा अस्ट्रेलिया पुगेका थिए । यो संस्थाले क्रिकेटमा
मा टमाटाको योगदानलाई कदर गर्दै सम्मान समेत गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) र नेप्लिज एसोसिएसन अफ भिक्टोरियाबीच क्रिकेट तथा खेलकुदमा योगदान पुर्याएका खेलाडी तथा खेलकर्मीलाई सम्मान गर्ने सम्झौता अनुसार यस पटक प्रशिक्षक टमाटालाई सम्मान गरिएको हो ।

एनआएनए अस्ट्रेलियाका खेलकुद विभाग संयोगजक तथा पूर्व क्रिकेटर अस्वन्त सुवेदीले पनि मेलबर्नमा टमाटालाई सम्मान गरेका थिए । यसैगरी, टमाटाले मेलबर्नमा प्रशिक्षण पनि गराएका थिए ।

यस्तै पूर्व खेलाडी प्रेम चौधरीले एडिलेडमा प्रशिक्षक टमाटालाई सम्मान गरेका थिए ।

अस्ट्रेलियाको विभिन्न राज्यमा सम्मानित गर्ने सम्पूर्ण संघ संस्थालाई उनले धन्यवाद दिएका छन् । यस्तै, प्रशिक्षक टामाटाले अस्ट्रेलिया भ्रमणलाई विशेष बनाउन सहयोग गर्ने नेप्लिज एसोसिएसन अफ भिक्टोरिया परिवार तथा प्रेम उप्रेतीलाई विशेष धन्यवाद व्यक्त गरे ।

यसअघि टमाटालाई एनआरएनए भिक्टोरिया, नेपाल पत्रकार महासंघ अस्ट्रेलिया र सूदूरपश्चिम समाजले पनि सम्मान गरेका थिए ।


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC