काठमाडौं । हसन नवाजको शतकप्रेरित पाकिस्तानले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ ।
पाकिस्तानको जितसँगै पाँच खेलको शृंखला २-१ को स्थितीमा पुगेको छ । यसअघि न्युजिल्यान्ड ९ र पाँच विकेटले विजयी भएको थियो ।
शुक्रबार अकल्यान्डस्थित इडेन पार्कमा न्युजिल्यान्डले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि नवाजले ४५ बलमा १० चौका र सात छक्काको मद्दतले अविजित १०५ रनको योगदान गरे । यसैगरी कप्तान सलमान आघाले ४८ बलमा ६ चौका र दुई छक्कासहित अविजित ५१ र मोहम्मद ह्यारिसले ४१ रन बनाए ।
नवाजले दोस्रो विकेटका लागि आघासँग अविजित १३३ तथा पहिलो विकेटका लागि ह्यारिससँग ७४ रनको साझेदारी गरे ।
न्युजिल्यान्डका लागि एकमात्र विकेट ज्याकोब डफीले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यानडले १९.४ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।
न्युजिल्यान्डका लागि मार्क च्याम्पम्यानले ४४ बलमा ११ चौका र चार छक्काको मद्दतले सर्वाधिक ९४ रनको योगदान गरे । कप्तान माइकल ब्रेसवेलले ३१, टिम सिफर्टले १९, ड्यारिल मिचेलले १७ र इश सोधीले १० रन बनाए ।
चौथो विकेटका लागि च्याम्पम्यान र मिचेलले ५५ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि ह्यारिस रौफले तीन, अबरार अफ्रिदी, शाहीन शाह अफ्रिदी र अब्बास अफ्रिदीले समान दुई तथा साडब खानले एक विकेट लिए ।
शृंखलाको चौथो खेल आइतबार हुनेछ ।