चैत्र १९, २०८१ मंगलबार | ०६:१७:२९
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

कर्णाली लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार भैरहवाको एक्ट्राटेक ओभलमा कर्णालीले मधेश प्रदेशविरुद्ध ८१ रनको सहज जित निकाल्यो । चौथो जितसँगै सात खेलमा आठ अंक जोडेको  कर्णाली चौथो स्थानमा उक्लिएको छ । चौथो पराजय बेहोरेको मधेश ६ खेलबाट चार अंकका साथ सातौं स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १३९ रनमै समेटियो । मधेशका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशंकर शाहले १८ र शैलेन्द्र साहले १० रन बनाए ।

कर्णालीका लागि  दिनेश अधिकारीले चार, दीपेन्द्र रावतले तीन, प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि दीपेन्द्र रावलले ९२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २०, कप्तान दिवान पुनले अविजित १८ र रविन्द्र शाहीले १३ रन बनाए ।

सातौं विकेटका लागि दीपेन्द्र र दिनेशले ६० रनको साझेदारी गरे । मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर शाह र कमल गुप्ता र कप्तान अनिल साहले समान दुई विकेट लिए । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC