पुस ७, २०८१ आइतबार | २१:४७:५६
इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट

एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सका खेलाडी र पदाधिकारीका साथ प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने खेलाडी नेपाल क्रिकेट संघ (क्यान) र खेलका व्यवस्थापकलाई बधाइ पनि दिएका छन् ।  

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई विजय हासिल गरेको थियो । 

‘यो हामी सबैको जित हो । यस खेलमा तपाईँहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स खेलाडी बधाईका पात्र हुनुहुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरु हिरो हो । म तपार्ईँहरुको प्रशंसा गर्छु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ धेरै सफलताका लागि म शुभकामना दिन्छु ।’

 प्रधानमन्त्री ओलीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार र आफ्नोतर्फबाट गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशी खेलाडीको श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे ।

गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

जनकपुरका कप्तान आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाइ र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए ।


भिडियो
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?