चैत्र ७, २०८२ शनिबार | ००:०३:१४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’

तस्विर सौजन्यः एन्फा

काठमाडौं । तीन दिन भित्र नेपाली फुटबलले दुई दूर्भाग्यजनक नतिजाको सामना गर्नुपर्यो । यो यस्तो नतिजा थियो, जसले निरन्तर ओराली यात्रामा रहेको फुटबलप्रति समर्थकले राखेको झिनो आशामाथि पनि तुशारापात गर्यो ।

किशोरी चेलीहरुले इतिहासकै सबभन्दा कमजोर नतिजा आत्मसात गरिरहँदा त्यसले मैदानमा पसिना बगाउने खेलाडीको मन त पक्कै दुखायो । तर त्योभन्दा बढि पछिल्ला तीन दिनभित्र भोगेका दुरुह नतिजाले नेपाली फुटबलको नियामक निकाय, अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई गिज्यायो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिला यु-१९ भिडन्तमा नेपाल तुलनात्मक रुपमा कमजोर मानिने भुटानविरुद्ध खेलिरहेको थियो । देशभित्र मैदानमा फुटबल ठप्पै भएको परिस्थितिमा प्रतिस्पर्धा हुनु पक्कै सुखद पक्ष थियो । आफ्नो क्षमता राम्ररी बुझेको एन्फाले पनि यही कारण महिलाको उमेर समूहमा मैत्रीपूर्ण फुटबलको बहानामा दक्षिण एसियाकै कमजोर राष्ट्र भुटानका दुई टिमलाई निम्त्याएको थियो । भुटानमाथिका दुई ‘अन्तर्राष्ट्रिय’ खेल जितौला र सफलताको डम्फु बजाउँला भन्ने एन्फाको सोच हुन सक्छ । यही कारण पाहुना टोलीका रुपमा निम्त्याएका थिए, भुटानका महिला यु-१६ र यु-१९ टिम ।

शुक्रबार नेपालको यु-१६ टोलीको पोस्टमा भुटानी खेलाडीले पाँच गोल प्रहार गरे । आइतबार यु-१९ भिडन्तमा नेपालले १-१ को बराबरी खेल्दै लाज बचाउने प्रयास गर्यो ।

भुटानको आक्रमणलाई रोक्ने प्रयासमा नेपाली कप्तान कुसुम खतिवडा, तस्विर सौजन्यः एन्फा ।

यु-१९ को प्रतिस्पर्धामा सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोली दूर्भाग्यजनक बराबरीको हकदार बन्नु परेको थियो । भुटानका लागि भने यो नतिजा एउटा ऐतिहासिक उपलब्धि थियो । माथिल्लो उमेर समूहमा नेपालविरुद्ध भुटानको त्यो पहिलो गोल थियो । भाग्यले साथ दिँदो हो त भुटानले नेपालविरुद्ध सहज जित हासिल गर्थ्र्यो । यस्तो दयनीय परिस्थिति कसरी सम्भव भयो त ?

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ यसको सम्पूर्ण दोष खेलाडीलाई दिन चाहन्छन् । खेलपछिको पत्रकार सम्मेलनमा गुरुङले आक्रोश पोखे, ‘नेपाली खेलाडी कुरै बुझ्दैनन् । उनीहरुलाई व्यावसायिकताका बारेमा थाहा नै छैन । खेलाडी भएपछि आफ्नो फिट्नेसलाई कायम राख्नु पर्दैन ? तयारी अवस्थामा त हुनु पर्छ नी ।’

गुरुङले पोखेको यो आक्रोश एकहिसाबमा सही पनि हो । मैदानमा खेलाडीहरु फिटनेसमै संघर्ष गरिरहेका थिए । बल नियन्त्रण गर्न पनि उनीहरुलाई धौ-धौ भइरहेको थियो । एकाध खेलाडीबाहेक सबैजना खेल जित्नुपर्ने मनसायमै देखिएका थिएनन् ।

तर, नेपाली महिला फुटबलको पछिल्लो अवस्थाको लेखा जोखा गर्ने हो भने खेलाडीमाथि यसरी दोष थोपार्नु सही छ ?

पक्कै छैन । अझ महिला खेलाडी, त्यसमाथि पनि उमेर समूहका कलिला किशोरी त्यति गम्भीर दोषको भारी बोक्न किमार्थ पनि हकदार छैनन् ।

भुटानविरुद्ध बल अगाडि बढाउँदै नेपालकी कप्तान कुसुम खतिवडा, तस्विर सौजन्यः एन्फा ।

किनभने सबैलाई थाहा छ, तीन वर्षपछि बल्ल एन्फाले राष्ट्रिय महिला लिगको आयोजना गरेको छ । लिगको दोस्रो चरण यही पुसको दोस्रो साताबाट सुरु हुँदैछ । लिग नै नभएपछि खेलाडीहरु फिट भइरहने चाँही कसरी ? फेरि महिला फुटबलका सन्दर्भमा मफोसलका प्रतियोगितामा पनि त हुँदैनन् । यस्तोमा खेलाडीहरुको फिटनेसमा मात्र प्रश्न उठाउनु पक्कै पनि सही छैन । दोष कसैलाई दिने हो भने महिला फुटबलमा आवश्यक गतिविधि नगर्ने एन्फालाई दिनुपर्छ । नयाँ पुश्तालाई फुटबल खेलौ खेर्लौ भन्ने अवस्था सिर्जना गराउन नसक्ने प्रशासनलाई दिनुपर्छ ।

‘एन्फा पनि उत्तिकै दोषी हो । तर, म यहाँ एन्फालाई भन्दा खेलाडीको कमजोरी देख्छु । व्यावसायिक खेलाडी भएपछि उनीहरुले बुझ्नु पर्छ । सबैतिर १०-१२ दिनअघि मात्र खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइन्छ,’ गुरुङ भन्छन्, ‘प्रशिक्षकले फिटनेसबाहेक अरु कुरामा पनि ध्यान दिनुपर्छ । फिटनेसमै काम गरिरहने हो भने खेल कहिले जित्ने ?’

गुरुङले ‘व्यावसायिक’ भनेर कलिला किशोरीहरुलाई ठुँगिरहदा देशभित्र व्यावसायिक फुटबल गतिविधि नै नभएको तथ्य भने विर्सिएका छन् । नेपाली महिला फुटबलको धरातल विर्सिएझै गुरुङले खेलपछिको पत्रकार सम्मेलनमा थपे, ‘यही पाराले यो टिमबाट राष्ट्रिय टिममा कोही खेलाडी पनि जान सक्दैन । कसैमा पनि फुटबलको त्यो जिल छैन । व्यावसायिक खेलाडी आफै तयार भइरहनुपर्छ । सबथोक एन्फा वा प्रशिक्षकले गर्ने होइन ।’

नेपाली राष्ट्रिय महिला टिमका स्टार खेलाडीहरु अमिशा कार्की, प्रीति राई, दीपा शाहीहरुलाई हुर्काउने प्रशिक्षकका रुपमा सम्मानित गुरुङले नेपाली महिला फुटबल विकासका लागि क्लब संरचना बलियो हुनुपर्ने विचार राखे । उनले क्लब स्तरका प्रतियोगिता हुनुपर्ने र प्रत्येक क्लबमा एकेडेमी हुनुपर्ने बताए ।

भुटानविरुद्ध बल अगाडि बढाउँदै नेपालकी वर्षा ओली, तस्विर सौजन्यः एन्फा ।

उनले देशभित्र प्रतियोगिता नै नहुने अवस्थामा किन प्रशिक्षण गर्ने भन्ने सोच खेलाडीमा आउनुलाई स्वभाविक माने । तर खेल जित्न नसकेको उनको आक्रोषले त्यतिमै रोकिन मानेन । थपे, ‘तर खेलाडीले सबभन्दा पहिला म खेलाडी हो । म सधै तयार अवस्थामा रहनुपर्छ भनेर बुझ्न आवश्यक छ । त्यसो भयो भनेमात्र प्रशिक्षकलाई सजिलो हुन्छ । प्रशिक्षकले फिटनेसबाहेक अरु प्राविधिक र रणनीतिक क्षेत्रमा काम गर्न सक्छ ।’

भुटानविरुद्धको खेल जित्ने आत्मविश्वास आफूमा नरहेको प्रशिक्षक गुरुङले लुकाएनन् । ‘जित्ने कन्फिडेन्ट थिएन । जसरी पनि बराबरी गर्छु भन्ने उद्देश्य लिएर आएको थिएँ,’ उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो