पुस १५, २०८१ सोमबार | २२:५१:१५
चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत

दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी

तस्विर सौजन्यः एनपिएल

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपिएल)का सर्वोत्कृष्ट घरेलु खेलाडीको अवार्ड जितेका छन् ।

अवार्डसँगै दीपेन्द्रले ओमाडाको गाडी प्राप्त गरेका छन् । दीपेन्द्रले एनपिएलमा ९ खेलमा २२७ रन बनाउँदा ९ विकेट लिए ।

त्यस्तै च्याम्पियन टोलीका सदस्य ललित राजवंशी सर्वोत्कृष्ट बलर घोषित भए । ललितले १० खेलमा कूल १७ विकेट लिएका थिए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।

तस्विर सौजन्यः एनपिएल

सुदूरपश्चिमका ओपनर सैफ जैब एनपिएलको सर्वोत्कृष्ट खेलाडी घोषित भए । ९ खेलमा २७५ रन बनाएका जैबले १२ विकेट लिएका थिए । उनले पाँच लाख रुपैयाँ प्राप्त गरे ।

तस्विर सौजन्यः एनपिएल

फाइनल खेलका ‘प्लेयर अफ दि म्याच’ लाहिरु मिलन्था सबैभन्दा धेरै चौका हान्ने खेलाडी बने । कूल ३५ चौका प्रहार गरेका मिलन्थाले दुई लाख रुपैंया प्राप्त गरे ।

तस्विर सौजन्यः एनपिएल

जनकपुरलाई फाइनलसम्म पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका ब्याटिङ अलराउन्डर जिमी निसमले ‘इनरजेटिक प्लेयर’को अवार्ड हात पारे । उनले पनि दुई लाख रुपैंया प्राप्त गरे ।

तस्विर सौजन्यः एनपिएल

कर्णालीका स्पिनर विपीन शर्माले उदीयमान खेलाडी घोषित भए । ५० हजार रुपैयाँसहित १० लाख बराबरको क्षात्रवृत्ति प्राप्त गरे ।

तस्विर सौजन्यः एनपिएल

यसैगरी प्रतियोगिताको ‘फेयर प्ले’ टोलीको अवार्ड लुम्बिनी लायन्सले प्राप्त गर्यो ।
 


भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो