पुस १८, २०८१ बिहीबार | १९:०८:३५
एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन भारतीय टोलीविरुद्ध आर्मीको पुनरागमन जित जय ट्रफीमा बागमतीको कप्तानी सन्दीपले गर्ने उमेश विडारी फिफा रेफ्रीको मान्यता पाउने धादिङका पहिलो व्यक्ति एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन भारतीय टोलीविरुद्ध आर्मीको पुनरागमन जित जय ट्रफीमा बागमतीको कप्तानी सन्दीपले गर्ने उमेश विडारी फिफा रेफ्रीको मान्यता पाउने धादिङका पहिलो व्यक्ति

बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द

नेपालगन्ज । नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले चन्दको नेतृत्वमा महिला फुटबल समिति गठन गर्यो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पुर्व फुटबल खेलाडी नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराए । 

महिला फुटबलको विकासको लागि काम गर्ने उद्देश्यले महिला समिति गठन गरिएको शाहीले बताए । उनले भने, ‘बाँकेमा महिला फुटबलको इतिहास गर्विलो छ । यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टिमको समेत नेतृत्व गर्ने अवसर पाएका छन् । तर पछिल्लो समय महिला खेलाडीहरुले धेरै अवसर पाउनु भएको छैन । महिला फुटबलको विकासमा समितिलाई सक्रिय बनाउँदै फुटबलको स्तर बढाउने उद्देश्यले समिति गठन गरिएको हो ।’

समितिमा अध्यक्षको जिम्मेवारी पाएकी चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पुर्व खेलाडी हुन् ।

अध्यक्ष चन्दले महिला फुटबल खेलाडीलाई नयाँ अवसर दिलाउँदै फुटबलको विकासमा सक्रिय भएर सामुहिक भावनाले काम गर्ने धारणा राखिन् । ‘यो हाम्रो लागि महत्वपुर्ण अवसर हो । यसका लागि बाँके जिल्ला फुटबल संघलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । फुटबलको विकासमा सबैसँग सहकार्य गरेर नयाँ उपलब्धी हासिल गर्न समितिले योजना बनाएर काम गर्नेछ,’ चन्दले भनिन् । 

यसैगरी बाँके जिल्ला फुटबल संघले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको लागि टिम तयारी सुरु गर्ने निर्णय गरेको छ । आगामी फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । 
 


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association