मंसिर २४, २०८२ बुधबार | ०५:३७:३८
विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएल फाइनलः जनकपुरका हेर्नलायक खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्सले आज शनिबार सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १२ः३० मा सुरु हुँदै छ । जनकपुरले बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

जनकपुरले लिग चरणमा विराटनगर किंग्स र कर्णाली याक्सलाई समान ६ विकेट, पोखरा एभेन्जर्सलाई ७ विकेट, लुम्बिनी लायन्सलाई १ रन र काठमान्डौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । टोलीले सुदूरपश्चिम रोयल्ससँग ७२ र चितवन राइनोजसँग ३२ रनको हार बेहोरेको थियो ।

लिग चरणबाट दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको जनकपुर पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमविरुद्ध अघिल्ला दुवै खेलमा सहजै पराजित भएको जनकपुर बदला लिँदै च्याम्पियन बन्ने दौडमा छ ।

हेर्नलायक खेलाडी

ललितनारायण राजवंशी

विकेटको खुसीयाली मनाउँदै ललित राजवंशी । 

स्पिनर ललितनारायण राजवंशी एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । ललित र सुदूरपश्चिमका स्कट कुग्गेलिजनले समान १६ विकेट हात पारेका छन् ।

हालसम्म ९ वटै खेलमा बलिङ गरेका ललितले १ खेलमा मात्रै विकेट लिन सकेका छैनन् । उनको औसत १२.३७ र इकोनोमी ५.५० को छ । उनले ३६ ओभर गर्दा ४ मेडनसहित १९८ रन खर्चिएका छन् । लिग चरणमा ललितले विराटनगर, पोखरा र काठमाडौंसँग समान ३, चितवनसँग २ तथा कर्णाली र लुम्बिनीसँग समान १ विकेट लिएका थिए । ललित सुदूरपश्चिमविरुद्ध भने विकेटविहीन बने ।

उनले पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध १ र दोस्रो क्वालिफयरमा कर्णालीविरुद्ध २ विकेट लिए । ८ रन खर्चिएर तीन विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो । पछिल्ला समय सोचेअनुसार प्रदर्शन नसकिरहेका ललितले आफ्नो लय समात्न सके सुदूरपश्चिमका लागि घातक बन्न सक्छन् ।

जिम्मी निसम

कर्णालीविरुद्ध ब्याटिङ गर्दै जिम्मी निसम । 

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले बलिङमा खासै प्रदर्शन गर्न नसके पनि ब्याटिङबाट भने राम्रो योगदान दिइरहेका छन् । सुस्त सुरुआत गरे पनि पछिल्ला खेलमा भने निसम घातक देखिएका छन् ।

निसमले ८ खेलमा ४०.५० को औसत र २०४.२० को स्ट्राइक रेटमा २४३ रन बनाएका छन् । यसबाट पनि थाहा हुन्छ कि उनी कति खतरनाक छन् भनेर । एक अर्धशतक प्रहार गरेका निसम रवि बोपारा (२८६) र रोहितकुमार पौडेल (२७९) भन्दा पछाडि छन् । निसमलाई उच्च रनकर्ताको सूचीको शीर्षस्थानमा उक्लने अवसर छ ।

विराटनगरविरुद्धको उद्घाटन खेल गुमाएका निसमले समूह चरणमा चितवनविरुद्ध ६५, काठमान्डु गुर्खाजविरुद्ध २७, सुदूरपश्चिमविरुद्ध ४, लुम्बिनीविरुद्ध १, पोखराविरुद्ध अविजित ४० र कर्णालीविरुद्ध अविजित १६ रन बनाएका छन् ।

निसमले पहिलो क्वालिफायरमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध समान ४५ रन बनाएका थिए । हालसम्म ११९ बलको सामना गरेका निसमले २३ छक्का र १४ चौका प्रहार गरेका छन् । दोस्रो कर्णालीसँग खराब स्थितिमा पुगेको टोलीलाई उकास्न निसमले महत्वपूर्ण भूमिका खेलेका थिए ।

निसमको नाममा ६ विकेट पनि छ । निसमको औसत ३१.५० र इकोनोमी ८.५९ छ । उनले लिग चरणमा चितवन, लुम्बिनी र कर्णालीसँग समान १ र पोखरासँग २ विकेट लिएका थिए । निसमले दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध १ विकेट लिएका थिए । २२ ओभर बलिङ गरेका उनले १८९ रन खर्चिएका छन् ।

पछिल्ला खेलको लय कायम राख्न सके निसम सुदूरपश्चिमका लागि समस्या बन्न सक्छन् ।