काठमाडौं । स्पेनिस क्लब बार्सिलोनका रक्षक आन्द्रेस क्रिस्टियनसनमाथि म्यानचेस्टर युनाइटेडले नजर राखेको छ । इङ्लिस प्रिमियर लिगमा रेलिगेसन लयमा रहेको युनाइटेडले रक्षापङ्क्तिमा देखिएको कमजोरीको निवारण गर्न क्रिस्टियनसनलाई विकल्पका रूपमा हेरिरहेको छ ।
युनाइटेडले डिसेम्बरमा मात्र १८ गोल खाएको थियो ।अहिलेसम्म एउटा क्यालेन्डर महिनामा युनाइटेडले विपक्षी टोलीबाट यति धेरै गोल खाएको यो नै पहिलो पटक हो । युनाइटेड अहिले एकदमै दयनीय अवस्थामा छ । युनाइटेडले पछिल्ला ६ प्रिमियर लिग खेलमध्ये पाँच खेलमा हार बेहोरेको छ ।
क्रिस्टेयनसन अनुभवी सेन्टर ब्याक हुन् । उनले आठ वर्ष प्रिमियर लिगमा बिताएका थिए । सन् २०१४ मा चेल्सीबाट आफ्नो व्यावसायीक करिअर सुरु गरेका क्रिस्टियनसन दुई वर्षअघि मात्र बार्सिलोना अनुबन्ध भएका थिए । चेल्सीमा रहँदा उनले जर्मन क्लब बोरुसिया मनसनग्राडबाकमा दुई वर्ष लोनमा बिताएका थिए ।
बार्सिलोनाका लागि उनले ५४ स्पेनिस ला लिगा खेलमा तीन गोल गरेका छन् ।