पुस २२, २०८२ बुधबार | १२:५३:५४
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल
शनिबारको दिन एन्फा राष्ट्रिय महिला लिग २०८१

एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ

काठमाडौं । एन्फा राष्ट्रिय  महिला लिग फुटबलको दोस्रो चरण सुरु भइसकेको छ । विभागीय तीन टिमसहित बागमती युवा क्लब र वालिङ नगरपालिकाबीच उपाधिका लागि प्रतिस्पर्धा चलिरहेछ ।

शीर्ष ५ भित्र परेर दोस्रो चरणमा छनोट भएको कोशी प्रदेशले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि पहिलो चरणको छैटौं स्थानमा रहेको बागमतीले अवसर पाएको हो । पहिलो चरणमा १० टिम प्रतिस्पर्धामा थिए । बागमतीसँगै सुदूरपश्चिम, कर्णाली, चन्द्रपुर नगरपालिक टिम र पहिलो पटक लिग खेलेको संकटा क्लब भने पहिलो चरणमै रोकिएका थिए । 

अहिले ५ टिमले एकअर्काविरुद्ध दुई पटक प्रतिस्पर्धा गर्नेछ । यो प्रतिस्पर्धामा शीर्ष चारभित्र रहने टोलीले प्लेअफमा स्थान बनाउने छ । पहिलो पटक यो संरचनामा हुन लागेको लिगमा माघ १६ गते एक टिमले उपाधि जित्नेछ ।

यस पटक पनि विभागीय टिम एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब उपाधि दौडमा छन् । सबैभन्दा बलियो एपिएफलाई नै मानिएको छ । औसतमा हेर्दा पुलिस र आर्मीको अट्याकिङ जोन बलियो छैन । राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको एपिएफ भने सबै पक्षमा बलियो देखिएको छ । टोलीलाई प्लेअफमा भने अप्रत्याशित नतिजा सामना गर्न पर्ला कि भन्ने डर छ ।

राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा तथा स्ट्राइकरद्वय सावित्रा भण्डारी र रेखा पौडेलको उपस्थिति रहने छैन । उनीहरू विदेशी लिगमा व्यस्त छन् । सावित्रा फ्रान्स लिग वान, रेखा युएई लिग र अञ्जिला ग्रिस लिगका लागि अनुबन्ध भएका छन् ।

बागमती युवा क्लबका सहायक प्रशिक्षक सोनम लामा दोस्रो चरणमा पनि विभागीय टोली नै उपाधि दाबेदार रहेको मान्छन् । ‘उपाधि जित्ने भनेकै विभागीय टोलीले हो, हाम्रो योजना त चौथो स्थानसम्म पुग्ने हुनेछ ।’

लामा आफ्नो टिम च्याम्पियन हुन नसक्ने दाबी गर्दै विदेशी खेलाडीसमेत अनुबन्ध नगरेको बताउँछन् । ‘कोटाका चारै विदेशी खेलाडी अनुबन्ध गरे पनि हामी उपाधि जित्न सक्दैनौं । त्यसैले त्यसतर्फ लगानी नगरी आफ्नै युवा खेलाडीलाई अवसर दिएका हौं ।’

महिला लिगको दोस्रो चरणमा पुलिस र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा तथा स्ट्राइकरद्वय सावित्रा भण्डारी र रेखा पौडेलको उपस्थिति रहने छैन । उनीहरू विदेशी लिगमा व्यस्त छन् । सावित्रा फ्रान्स लिग वान, रेखा युएई लिग र अञ्जिला ग्रिस लिगका लागि अनुबन्ध भएका छन् ।

पहिलो चरण खेलेका मिडफिल्डर दीपा शाही, रक्षक हीराकुमरी भुजेल, स्ट्राइकर अमिषा कार्की र दीपा न्यौपाने पनि उपलब्ध हुने छैनन् । आर्मीमा अनुबन्ध दीपा, एपिएफकी हीरा र पुलिसकी दीपा घाइते छन् । आर्मीको सहायक सेनानीमा नाम निकालेकी अमिषा तालिममा छिन् ।

आर्मीको महिला फुटबल निर्माणमा भूमिका खेलेका कृष्णसिंह ठगुन्ना प्रशिक्षकको रूपमा फर्किएका छन् । यसअघि टेकबहादुर बुढाथोकीले टिम हेरेका थिए । 

राष्ट्रिय टोलीबाट खेलिरहेका रेनुका नगरकोटे, सविता रानामगर, प्रीति राई, अनिता केसी, गीता राना, रश्मिकुमारी घिसिङ, अनिता बस्नेत, निशा थोकरसहित उमेर समूहबाट खेलेकी गोलकिपर सावित्री किसनसहित मनमाया दमाई अनुबन्ध हुँदा एपिएफ बलियो बनेको छ । जीवेशकुमार पाण्डेको प्रशिक्षणमा रहेको एपिएफ नै सबैभन्दा बलियो टोली मान्न सकिन्छ । तर, सावित्रा नहुँदा टोलीको अट्याकिङ थर्ड भने कमजोर नै छ ।

यता, दीपा र अमिषा नहुँदा आर्मीको पनि अट्याकिङ थर्ड निकै कमजोर देखिएको छ । त्यसैले पहिलो खेलमा बागमतीविरुद्ध २ गोलमात्र निस्कियो । दुई वर्षपछि कमब्याक भएकी पुनम जर्घामगरसँगै गोलकिपर अन्जना राना मगर, विमल बिक, चन्द्रा भण्डारी, विमला चौधरी, विमला थापालगायत खेलाडी हुँदा आर्मी पनि लिग जित्ने योजनामा छ ।

राष्ट्रिय महिला लिगको पहिलो चरणमा प्रतिस्पर्धा गर्दै एपिएफ र वालिङ, तस्विरः एन्फा ।

आर्मीको महिला फुटबल निर्माणमा भूमिका खेलेका कृष्णसिंह ठगुन्ना प्रशिक्षकको रूपमा फर्किएका छन् । यसअघि टेकबहादुर बुढाथोकीले टिम हेरेका थिए । प्रशिक्षक ठगुन्ना आर्मी उपाधि जित्नका लागि खेल्ने बताउँछन् । ‘हाम्रो लक्ष्य उपाधि नै हो, त्यसमै केन्द्रित हुन्छौं हामी ।’

पुलिस पनि उपाधि दाबेदारको दौडमा छ । पहिलो चरणको प्रदर्शनपछि टोली हौसिएको छ । महिला फुटबलमा एपिएफको एकछत्र राज तोड्ने योजना पुलिसको छ । शुक्रबार नै भएको खेलमा पुलिसले वालिङलाई ५० ले पराजित गरेको छ । 

राष्ट्रिय टिमकी पूर्वकप्तान निरु थापासहित टोलीमा वर्तमान गोलकिपर उषा नाथ, रक्षकहरू समीक्षा घिमिरे, पुजा राना, अमृता जैसी हुँदा पुलिसको रक्षापंक्ति बलियो बनेको छ । सम्झना लावती, निर्मला उपाध्याय, अनुष्का शेर्पा, रेविका पाण्डे, पुञ्जली कुसवार हुँदा पुलिसका प्रशिक्षक भोलानाथ सिलवाल पनि आत्मविश्वासी देखिएका छन् ।