कार्तिक ३०, २०८२ आइतबार | ०५:४९:२६
एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै
शनिबारको दिन नेपाली क्रिकेट

महिला यु-१९ विश्वकप: नेपालको लक्ष्य सुपर सिक्स

काठमाडौं । नेपाली यु-१९ महिला क्रिकेट टोली यतिबेला आइसिसी महिला ट्वान्टी-२० विश्वकप क्रिकेटको तयारीमा जुटिरहेको छ ।

एसिसी यु-१९ एसिया कप खेलेर फर्किएलगत्तै नेपाली टोली अर्को ठूलो प्रतियोगिताको तयारीमा जुटेको हो । टोलीले करिब १० दिनयता चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अभ्यास गरिरहेको छ ।

एसिया कपमा पाकिस्तानलाई हराएको नेपालले वर्षाका कारण भारत र श्रीलंकासँग भने अंक बाँडेको थियो । नेपाल सुपर सिक्सको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

विश्वकप क्रिकेट माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ ।

एसिया कपमा पाकिस्तान जस्तो बलियो टोलीलाई हराएर सनसनी मच्चाएको नेपाल विश्वकपमा पनि सोही लक्ष्यमा हुनेछ । नेपालकी कप्तान पूजा महतो पनि विश्वकपमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सुपर सिक्ससम्म यात्रा तय गर्ने लक्ष्य रहेको बताउँछिन् ।

‘टोली एकदमै सन्तुलित छ । सबैले राम्रो गरिरहेका छन् । विश्वकपमा पनि टेस्ट राष्ट्रलाई हराएर कम्तीमा सुपर सिक्ससम्म पुग्ने लक्ष्य छ,’ कप्तान पूजाले भनिन्, ‘एसिया कपमा केही कमजोरीहरू देखिएका थिए त्यसलाई सुधार गर्नेछौं ।’

पूजा एसिया कपमा पाकिस्तानविरुद्धको जितले हौसला बढेको बताउँछिन् । ‘हामीले प्रयास गर्यौं भने बलिया टोलीहरूलाई पनि हराउन सकिन्छ भनेर देखाएका छौं । राम्रो प्रदर्शन गरेर पाकिस्तानलाई हराउने लक्ष्य थियो । त्यो पूरा भएको छ । विश्वकपमा पनि आफ्नो तर्फबाट शतप्रतिशत दिएर यस्तै नतिजा निकाल्ने लक्ष्यमा छौं,’ पूजाले आत्मविश्वासका साथ भनिन् ।

एसिया कपमा पाकिस्तानविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी, तस्विरः एसिसी । 

विश्वकप क्रिकेट माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ ।

१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् ।  नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन् । नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रशिक्षक महेशप्रसाद रिजाल आफ्ना गल्तीहरु सुधार्दै बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन् । ‘हामी ब्याटिङ, बलिङ र फिल्डिङमा देखिएका गल्ती सुधार्दै बलिया टोलीको सामना गर्ने तयारी गरिरहेका छौं । हाम्रो लागि विश्वकप ठूलो मञ्च हो, त्यसैले आफ्नो तर्फबाट शतप्रतिशत दिएर खेल्ने छौं,’ प्रशिक्षक रिजालले भने ।

विश्वकपसम्म नेपालको यात्रा नेपालले एसिया कप छनोट विजेताको हैसियतमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकप खेल्ने मौका पाएको हो । विश्वकप एसिया छनोट कात्तिक २१ देखि २८ सम्म युएईमा भएको थियो । प्रतियोगितामा नेपाल, युएई, थाइल्यान्ड र कुवेत सहभागी थिए ।

समूह चरणमा एकअर्काविरुद्ध दुई खेल खेलेपछि शीर्ष टोली विश्वकपका लागि छनोट हुने प्रावधान थियो । प्रतियोगितामा नेपालले ६ खेलमा ५ जित र एक हारको नजिता निकाल्यो । नेपालले आयोजक युएईलाई नेट रनरेटमा पछि पार्यो ।

यु-१९ टोलीकी कप्तान पूजा महतो, तस्विरः क्यान । 

थाइल्यान्ड र कुवेतविरुद्ध दुवै खेलमा जित निकालेको नेपालले युएईविरुद्धको पहिलो खेल गुमाएको थियो । प्रतियोगिताको अन्तिम खेलमा नेपाल र युएईले प्रतिस्पर्धा गरेका थिए । विश्वकपमा स्थान बनाउन नेपाललाई जित्नैपर्ने दबाब थियो । नेपालले ८ विकेटको सहज जित निकाल्दै पहिलो पटक यु-१९ विश्वकपमा स्थान बनायो ।

यही प्रतियोगिता विजेताको हैसियतमा नेपालले एसिसी एसिया कपसँगै विश्वकप पनि खेल्ने अवसर प्राप्त गरेको हो ।