पुस २२, २०८१ सोमबार | १३:४१:२८
पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने
शनिबारको दिन भारतीय क्रिकेट

निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली

काठमाडौं । अहिले सिड्नीमा अस्ट्रेलिया र भारतबीच पाँचौं टेस्ट क्रिकेट चलिरहेको छ । तय छ, यो नै निर्णायक हुनेछ, शृंखला कतातिर मोडिने हो भनेर । यति बेला शृंखलामा अस्ट्रेलिया २-१ ले अगाडि छ । त्यसको अर्थ बोर्डर–गावस्कर ट्रफी भारतले आफूसँगै कायम राख्ने भने सिड्नी टेस्ट जित्नुपर्नेछ । तर, यही बेला भारतीय टिममा कलह छाएको छ ।

जतिबेला भारतले प्रशिक्षकमा गौतम गाम्भिर नियुक्त गर्ने निर्णय गरेको थियो, त्यही बेला डर थियो टिममा मतभेद निस्कन सक्नेछ । यस्तो किनभन्दा गौतम निकै पुराना प्रशिक्षक होइनन् । बरू भारतीय टोलीकै दुई प्रमुख खेलाडी रोहित शर्मा र विराट कोहलीका समकालीन जस्तै हुन् । ठ्याक्कै भन्दा उमेरले केही जेठो मात्रै ।

गौतमको खेलजीवन त्यति सफल रहेन, जति रोहित र विराटको रह्यो । गौतमले खेल्न छोडेपछि रोहित र विराटको सक्दो आलोचना नै गरे । अहिले तिनै गौतम प्रशिक्षक छन् । रोहित त कप्तान भइहाले । विराट टिमका प्रमुख खेलाडी कायमै छन् । संयोग कस्तो भने ठीक यही बेला ती दुवै खेलाडी ब्याटबाट लयमा छैनन् । त्यसैले अरूलाई पनि आलोचना गर्ने बाटो खुलेको छ ।

अस्ट्रेलिया आउनु अगाडि भारतले खेलेका दुई शृंखलाको नतिजा निकै खराव रह्यो । श्रीलंकाविरुद्धको एकदिवसीय र न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा भारत नराम्रोसँग पराजित रहेको थियो ।

सिड्नी टेस्टमै पनि रोहितले खेल्न पाएनन् । किन र कसरी पाएनन्, त्यो महत्त्वपूर्ण छ । रोहितलाई ‘ड्रप’ गरिएको हुनसक्छ या उनी आफैंले खेल्दिनँ भनेको पनि हुनसक्छ । यी दुवै स्थितिमध्ये जुनसुकै भए पनि रोहितले खेल्न पाएनन् भने विराटले मात्र कसरी पाए ? त्यो त प्रश्न बन्छ नै । विराटलाई किन कसैले प्रश्न गर्न सक्दैन, यो पनि त छ ।

अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पराजित भएपछि रोहित र विराट । 

दुवै खेलाडी संन्यासको संघारमा छन् । तिनीहरुलाई जति सम्मान चाहिने हो, त्यति पाइरहेका छैनन् । ठीक यही बेला प्रशिक्षकका रूपमा गौतममाथि पनि त अनेक प्रश्न उठेका छन् । उनको परम्पराबाट बाहिर गएर गर्ने निर्णयप्रति कहाँ सबै खुसी हुन सकेका छन् र ? अझ पछिल्लो समय भारतको खस्कँदो प्रदर्शनको मुख्य जिम्मेवार उनी नै हो भनिन्छ ।

अस्ट्रेलिया आउनु अगाडि भारतले खेलेका दुई शृंखलाको नतिजा निकै खराव रह्यो । श्रीलंकाविरुद्धको एकदिवसीय र न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा भारत नराम्रोसँग पराजित रहेको थियो । अझ न्युजिल्यान्डविरुद्धको तीन टेस्ट शृंखलामा त भारत ‘ह्वाइटवास’ नै भएको थियो । त्यो पनि आफ्नै भूमिमा । त्यसको जिम्मेवारी चाहिँ गौतमले बोक्नुपर्ने थियो कि थिएन ?

त्यही बेला नै उनलाई प्रशिक्षक पदबाट हटाउनुपर्ने प्रसंग निस्केकै थियो । अब धेरै दिन पर्खिनुपर्ने छैन । धेरै दिन भए मंगलबारसम्म । त्यति बेलासम्म अस्ट्रेलियाविरुद्धको शृंखलाको निर्णय पनि आइसक्ने छ । शृंखला बराबरीमा टुंगियो भने त ठीक छैन, हैन भने भारतीय क्रिकेटमा भुइँचालो आउने छ । कि त कप्तान रोहित हुने छैनन्, होइन भने प्रशिक्षक गौतम हुने छैनन् । स्थिति यस्तै आउने छ ।