पुस २१, २०८१ आइतबार | १३:३१:०६
फ्रेन्ड्सको विजयी सुरुआत अस्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी नापोलीको सहज जित जय ट्रफीमा आज दुई खेल हुँदै आर्मी र पुलिस भिड्दै सिटीको जित, आर्सनल र चेल्सी रोकिए चौथो श्रेणीको क्लबविरुद्ध बार्सिलोनाको चार गोल आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित फ्रेन्ड्सको विजयी सुरुआत अस्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी नापोलीको सहज जित जय ट्रफीमा आज दुई खेल हुँदै आर्मी र पुलिस भिड्दै सिटीको जित, आर्सनल र चेल्सी रोकिए चौथो श्रेणीको क्लबविरुद्ध बार्सिलोनाको चार गोल आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित

प्रविण घले स्मृति कपको मिति परिर्वतन

फाइल तस्विर

सिन्धुपाल्चोक ।  प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको मिति परिर्वतन भएको छ।

लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ १ देखि ७ गतेससम्म हुने भएको हो।

यसअघि प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म सञ्चालन हुने तालिका थियो । तर प्राविधिक कारण कारणले मिति परिवर्तन गर्नु परेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले १ लाख ६० हजार तथा उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिताको पुरस्कार राशी गत वर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

गत संस्करण रोयल फ्यामिली चौताराले बाह्रदेवी युवा क्लब बाह्रबिसेलाई पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध पार्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागिताका लागि पुस २७ गतेसम्म ७ हजार ५०० रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ ।  प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा जम्मा १६ टिम सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछन् ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar