चैत्र १४, २०८२ शनिबार | ०६:२९:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा

एकेडेमीमा प्रशिक्षण लिइरहेका युवा खेलाडीहरु ।

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेलमा सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।

काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका  कार्कीले बताए । पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको छ ।

एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि छ । दुई वटा रातोमाटोको टर्प पिच छन् । नेपालमा २०÷२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर  पाण्डेले जानकारी दिए ।  काठमाडौं क्रिकेट एकेडेमी (केसिए)का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताए । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ ।

‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरक-फरक पिच निर्माण गरेका छौं । पिचहरु बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डमा ध्यान दिएका छौं । यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं । जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’प्रबन्ध निर्देशक कार्कीले भने ।

एकेडेमीकाराष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी स्यामसनजंग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । यस्तै अन्य चर्चित प्रशिक्षकलाई भित्राउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताए ।

हाल एकेडेमीमा ५० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे ।

एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्राउने लक्ष्य राखेको छ । ‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं । यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इट्टा थप्ने विश्वास लिएका छौं । सानै उमेरदेखि क्रिकेट खेल्न चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’उनले भने ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो