माघ १६, २०८२ शुक्रबार | २१:०४:४२
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा

एकेडेमीमा प्रशिक्षण लिइरहेका युवा खेलाडीहरु ।

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेलमा सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।

काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका  कार्कीले बताए । पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको छ ।

एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि छ । दुई वटा रातोमाटोको टर्प पिच छन् । नेपालमा २०÷२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर  पाण्डेले जानकारी दिए ।  काठमाडौं क्रिकेट एकेडेमी (केसिए)का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताए । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ ।

‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरक-फरक पिच निर्माण गरेका छौं । पिचहरु बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डमा ध्यान दिएका छौं । यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं । जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’प्रबन्ध निर्देशक कार्कीले भने ।

एकेडेमीकाराष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी स्यामसनजंग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । यस्तै अन्य चर्चित प्रशिक्षकलाई भित्राउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताए ।

हाल एकेडेमीमा ५० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे ।

एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्राउने लक्ष्य राखेको छ । ‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं । यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इट्टा थप्ने विश्वास लिएका छौं । सानै उमेरदेखि क्रिकेट खेल्न चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’उनले भने ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।