पुस २१, २०८१ आइतबार | १८:२१:३५
काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक रहेको लोकतान्त्रिक खेलकुद संघको ठहर झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने पुलिसको सानदार जितमा समीरको ह्याट्रिक मणिमुकुन्दको रोमाञ्चक जित फ्रेन्ड्सको विजयी सुरुआत काठमाडौं किकर्सले एन्फा यु-१६ लिगमा सहभागिता जनाउने आर्मी र पुलिसले अंक बाँडे आर्मी १८ रनले अगाडि बागमती ६८ रनले पछाडि गुजरात सोझो सेटमा विजयी, बाहिरियो गल्कोट ओलम्पिक कमिटिको निर्वाचन अवैधानिक रहेको लोकतान्त्रिक खेलकुद संघको ठहर झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने पुलिसको सानदार जितमा समीरको ह्याट्रिक मणिमुकुन्दको रोमाञ्चक जित फ्रेन्ड्सको विजयी सुरुआत

वालिङको पोस्टमा पुलिसको पाँच गोल

स र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं। एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । पुलिसले आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५-० को फराकिलो जित हासिल गर्यो ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई सहज जित दिलाउन अनुष्का शेर्पा र सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो ।

जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै वालिङ पुछारमा झरेको छ ।

आठौं मिनेटमा गोलकिपर राधिका ओली मैदानबाट बाहिरिएकी थिइन् । उनको स्थानमा आइन् दोस्रो रोजाईकी गोलकिपर अस्मिता रनपाल ।

खेलको २५औं मिनेटमा मिना देउवाले  गोलमा परिणत गर्न सकेनन्  ।  पुलिसकी कप्तान अमृता जैसी झुक्किपछि मिनाले सोलो रनमा बल अगाडि लाने मौका पाएकी थिइन् । तर, समिक्षा घिमिरेको झिनो दबाबमा मिनाले फितलो प्रहार गर्न पुगिन् ।

एक मिनेट बित्न नपाउँदै पुलिसले खेलमा अग्रता लियो । राइट साइडबाट निर्मला उपाध्यायले उपलब्ध गराएको क्रसलाई अनुष्काले वान टचमा गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा सम्झनाले राइट साइडबाट गरेको प्रहार दोस्रो बारको जाली चुम्दा पुलिसले अग्रतालाई दोब्बर बनायो ।

दोस्रो हाफको पहिलो मिनेटमै पूजाले विपक्षी रक्षापङ्क्तिको फाइदा उठाउँदै गोल गरिन् । तीन मिनेटपछि अनुष्काले पुलिसको अग्रतालाई ४-० मा पुर्याइन् । अनुष्काले सम्झनाको क्रसलाई सदुपयोग गरिन् ।

सम्झनाले ६०औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरिन् । त्यसअघि पूजा विपक्षी रक्षकबाट फउल भएपछि पुलिसले बक्स नजिकै लेफ्ट साइडमा सेटपीस अवसर प्राप्त गरेको थियो ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar