चैत्र १४, २०८२ शनिबार | २०:५१:०३
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नुवाकोटको बेलकोटगडी नगरपालिका वडा-५ को आयोजनमा झिल्टुङ्ग क्रस कन्ट्री दौडको नवौं संस्करण माघ पहिलो साता हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दौड माघ ५ गते हुने जानकारी दियो । नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोग रहने प्रतियोगितामा सहभागिताका लागि माघ ३ गतेसम्म नामा दर्ता गर्न सकिनेछ ।

दौडमा खुल्ला ( पुरुष/ महिला), स्थानीय खुला (पुरुष), खुल्ला जुनियर १६ वर्षमुनि (छात्र/छात्रा), स्थानीय १६ वर्षमुनि (छात्र/छात्रा) स्थानीय भेट्रान (४५ वर्षमाथि पुरुष), भेट्रान खुल्ला(४५वर्षमाथि पुरुष) १३.५ किमि आमा समूह (स्थानीय) र स्थानीय बृद्ध पुरुष महिला वाल्क एन्ड टल्क गरि आठ विधा समावेश गरिएको छ ।

खुल्ला, स्थानीय खुल्ला र भेट्रान खुल्ला १३.५ किमि तथा अन्य विधा ४.५ किमिको हुनेछ ।

खुला दौडको शीर्ष तीनले क्रमशः २० हजार, १३ हजार ३३४ र ६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी स्थानीय खुलाका विजेता १३ हजार ३३४, उपविजेताले ९ हजार ३३४ र तेस्रो हुनेले ६ हजार ६६७ रुपैयाँ पाउनेछन् ।

जुनियर १६ वर्षमुनि, स्थानीय १६ वर्षमुनि र स्थानीय भेट्रानका शीर्ष तीनलाई क्रमशः ८ हजार, ५ हजार ३३४ र २ हजार ६६७ रुपैयाँ प्रदान गरिने छ । भेट्रान खुल्लाका विजेताले १० हजार ६६७, उपविजेताले ८ हजार र तेस्रो स्थान हासिल गर्नेले ५ हजार ३३४ रुपैयाँ पाउने छन् ।

आमा समूहका शीर्ष तीनलाई क्रमशः १६ हजार, १० हजार ६६७ र ८ हजार प्रदान गरिने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो