काठमाडौं । कप्तान समीर राईको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगअन्तर्गत आइतबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ७-० को सानदार जित दर्ता गरेको छ ।
दुवै टाेलीकाे याे पहिलाे खेल हाे । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीरले ह्याट्रिक पूरा गरे । यसैगरी रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक गोल थपे ।
खेलको ४३औं मिनेटमा सविनको गोदलमार्फत पुलिसले अग्रता लिएको थियो । रिजनले ५४ र ५७औं मिनेटमा गोल गर्दा पुलिस ३-० ले अगाडि बढ्यो ।
समीर कुमारले ६१औं मिनेटमा पुलिसका लागि चौथो गोल गरे । समीर राईले ७३ र ७४औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लिगमा याे पहिलाे ह्याट्रिक हाे ।
आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो ।