माघ १८, २०८२ आइतबार | ०१:५७:०३
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा मंगलबार बागमती युवा क्लबले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिसविरुद्ध बागमती एउटै लक्ष्य बोकेर मैदान उत्रनेछ । त्यो लक्ष्य हो, पुलिसलाई कम गोल गर्न दिने । यस्तो किनभने बागमती गोल भिन्नताका आधारमा वालिङलाई पछाडि छाडेर नकआउट चरण पुग्न चाहन्छ । सहभागी पाँच टोलीमध्ये चार टोलीले नकआउट चरणमा प्रवेश पाउने भएकाले बागमती केही आशावादी छ ।

बागमतीले अहिलेसम्म सात गोल खाएको छ भने एक गोल फर्काएको पनि छ । पहिलो खेलमा त्रिभुवन आर्मीविरुद्ध २–० को हार बेहोरेको बागमतीले दोस्रो खेलमा एपिएफलाई ५–१ को नतिजा सुम्पिएको थियो । अंकतालिकामा बागमती पुछारबाट दोस्रो स्थानमा छ । पुछारको वालिङ नगरपालिकाले दुई खेलमा १४ गोल बेहोरेको छ ।

वालिङ र बागमती सबैभन्दा कमजोर टोलीहरु हुन् । यो कुरा दुवै टोलीका मुख्य प्रशिक्षकले स्विकारेको तथ्य हो । कागजमा निकै कमजोर यी दुई टोलीको मैदानमा पनि अवस्था दयनीय छ । यस्तो किन पनि भने लिगमा यी दुई टोलीको प्रदर्शन सहभागितामा मात्र सिमित छ । आर्मीविरुद्धको खेलपछि बागमतीका मुख्य प्रशिक्षक सोनाम लामा आफैले भनेका थिए,‘हाम्रो लागि सहभागिता नै ठूलो कुरा हो । खासमा हाम्रो अवस्था पनि कोशी (प्रदेश)कै जस्तो थियो । आर्थिक अभावका कारण हामी नखेल्ने अवस्थामै पुगेका थियौं । हामीले लिगका लागि भनेर जम्मा १५ दिनको अभ्यास गर्यौँ । जुन पर्याप्त छैन । सकेसम्म कम गोल खाएर नकआउट खेल्न चाहना छ ।’

लामाको यो अभिव्यक्तिले पुलिस र बागमतीबीचको खेल औपचारिकता मात्र रहेको पुष्टि हुन्छ । तर, पुलिस यो खेललाई हल्का रूपमा लिएर खेल्न चाहँदैन । उसको लक्ष्य हो बढीभन्दा बढी गोल गर्ने । शीर्षस्थानको दाबेदारी प्रस्तुत गर्ने हो भने पुलिसले बागमतीविरुद्ध सकेसम्म धेरै गोल गर्न आवश्यक छ । कम्तिमा पनि पुलिस तीन गोल गर्न चाहन्छ ।

लिगलाई नजिकबाट बुझ्नेलाई राम्रोसँग थाहा छ एपिएफ शीर्षस्थानको प्रबल दाबेदार हो । एपिएफको प्रदर्शननै यस्तो छ कि यो कुरा नभन्दा कञ्जुस्याइँ गरेको जस्तो हुन्छ । त्यसैले पुलिस कम्तिमा पनि आर्मीलाई उछिनेर दोस्रो स्थानमा आफ्नो बलियो पकड बनाउन चाहन्छ । आर्मीले पहिलो खेलमा बागमतीविरुद्ध दुई गोल गरेको थियो । यसहिसाबमा पुलिस आर्मीभन्दा कम्तिमा पनि एक गोल गर्न चाहेको हुनुपर्छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।