चैत्र ६, २०८२ शुक्रबार | ०७:३२:४४
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा मंगलबार बागमती युवा क्लबले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिसविरुद्ध बागमती एउटै लक्ष्य बोकेर मैदान उत्रनेछ । त्यो लक्ष्य हो, पुलिसलाई कम गोल गर्न दिने । यस्तो किनभने बागमती गोल भिन्नताका आधारमा वालिङलाई पछाडि छाडेर नकआउट चरण पुग्न चाहन्छ । सहभागी पाँच टोलीमध्ये चार टोलीले नकआउट चरणमा प्रवेश पाउने भएकाले बागमती केही आशावादी छ ।

बागमतीले अहिलेसम्म सात गोल खाएको छ भने एक गोल फर्काएको पनि छ । पहिलो खेलमा त्रिभुवन आर्मीविरुद्ध २–० को हार बेहोरेको बागमतीले दोस्रो खेलमा एपिएफलाई ५–१ को नतिजा सुम्पिएको थियो । अंकतालिकामा बागमती पुछारबाट दोस्रो स्थानमा छ । पुछारको वालिङ नगरपालिकाले दुई खेलमा १४ गोल बेहोरेको छ ।

वालिङ र बागमती सबैभन्दा कमजोर टोलीहरु हुन् । यो कुरा दुवै टोलीका मुख्य प्रशिक्षकले स्विकारेको तथ्य हो । कागजमा निकै कमजोर यी दुई टोलीको मैदानमा पनि अवस्था दयनीय छ । यस्तो किन पनि भने लिगमा यी दुई टोलीको प्रदर्शन सहभागितामा मात्र सिमित छ । आर्मीविरुद्धको खेलपछि बागमतीका मुख्य प्रशिक्षक सोनाम लामा आफैले भनेका थिए,‘हाम्रो लागि सहभागिता नै ठूलो कुरा हो । खासमा हाम्रो अवस्था पनि कोशी (प्रदेश)कै जस्तो थियो । आर्थिक अभावका कारण हामी नखेल्ने अवस्थामै पुगेका थियौं । हामीले लिगका लागि भनेर जम्मा १५ दिनको अभ्यास गर्यौँ । जुन पर्याप्त छैन । सकेसम्म कम गोल खाएर नकआउट खेल्न चाहना छ ।’

लामाको यो अभिव्यक्तिले पुलिस र बागमतीबीचको खेल औपचारिकता मात्र रहेको पुष्टि हुन्छ । तर, पुलिस यो खेललाई हल्का रूपमा लिएर खेल्न चाहँदैन । उसको लक्ष्य हो बढीभन्दा बढी गोल गर्ने । शीर्षस्थानको दाबेदारी प्रस्तुत गर्ने हो भने पुलिसले बागमतीविरुद्ध सकेसम्म धेरै गोल गर्न आवश्यक छ । कम्तिमा पनि पुलिस तीन गोल गर्न चाहन्छ ।

लिगलाई नजिकबाट बुझ्नेलाई राम्रोसँग थाहा छ एपिएफ शीर्षस्थानको प्रबल दाबेदार हो । एपिएफको प्रदर्शननै यस्तो छ कि यो कुरा नभन्दा कञ्जुस्याइँ गरेको जस्तो हुन्छ । त्यसैले पुलिस कम्तिमा पनि आर्मीलाई उछिनेर दोस्रो स्थानमा आफ्नो बलियो पकड बनाउन चाहन्छ । आर्मीले पहिलो खेलमा बागमतीविरुद्ध दुई गोल गरेको थियो । यसहिसाबमा पुलिस आर्मीभन्दा कम्तिमा पनि एक गोल गर्न चाहेको हुनुपर्छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो