चैत्र ६, २०८२ शुक्रबार | ०१:३६:१६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त

काठमाडौं । एपोलो टायर्स र म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा ‘युनाइटेड वी प्ले’ कार्यक्रम सफलतापूर्वक मनाएको छ ।

कार्यक्रममा नेपालका भक्तबहादुर परियारसहित भारत, थाइल्यान्ड र युएईका ६ प्रतिभाशाली युवा खेलाडीको सहभागिता थियो । विश्वभरका युवा खेलाडीको सहभागिता रहेको यस कार्यक्रमको मुख्य उद्धेश्य किशोर खेलाडीको फुटबल सीप सुधार गर्ने बताइएको छ । 

भक्तबहादुर ‘युनाइटेड वी प्ले’ कार्यक्रमको चौथो संस्करणका विजेतामध्येका एक हुन् । उनीसँगै भारतीय किशोर खेलाडी मिजोरमका पीसी लालछुआनवमा, भुवनोश्वरका श्रीजल किस्कु र लखनउका मोहम्मद अयान, थाइल्यान्डको राजधानी बैंककका चानासन चायाथन र युएईका शयान नवीललाई म्यानचेस्टर युनाइटेडसँगको साझेदारीमा एपोलो टायर्सले ग्रासरुट फुटबल कार्यक्रम ‘युनाइटेड वी प्ले’मा छनोट गरेको थियो । 

एसिया प्यासिफिक क्षेत्रका विभिन्न शहरबाट १५ हजार युवा फुटबलरमध्ये यी ६ खेलाडीलाई विशेष अवसरका लागि छनोट गरिएको थियो । छनोट भएसँगै उनीहरुले ओल्ड ट्राफोर्डको यात्रा गर्ने अवसर पाए । जहाँ उनीहरुले युनाइटेडको सकर स्कुलका प्रशिक्षकहरुसँग प्रशिक्षण गर्ने सौभाग्य पाएका छन् ।

उनीहरुले युनाइटेडका पूर्व खेलाडी एवम् प्रशिक्षक जोन ओ’सिया जस्ता खेलाडीलाई भेट्ने मौका पाए । यसबाहेक यी युवा खेलाडीले युनाइटेडको प्रिमियर लिग खेल पनि हेर्न मौका पाएका थिए । 

‘युनाइटेड वी प्ले’ विश्व फुटबलका शीर्ष स्तरको फुटबल लिगहरुमा प्रतिनिधित्व गर्न नपाएका देशका युवा फुटबल प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न डिजाइन गरिएको ग्रासरुट फुटबल प्रतियोगिता रहेको बताइएको छ । 

‘यस कार्यक्रमको मुख्य उद्धेश्य भनेकै निम्न समुदायका युवा खेलाडीलाई ठूलो मञ्चमा आफ्नो सीप देखाउन सहयोग गर्ने र शीर्ष स्तरमा पुग्न मद्धत गरेर उनीहरुको फुटबल जीवनशैली परिवर्तन गराउने हो,’ पूर्व खेलाडी जोन ओ’सिया भन्छन्, ‘यी किशोर खेलाडीलाई शीर्ष स्तरसम्म पुग्न के के गर्नुपर्छ, के के गर्नुहुन्न भनेर बुझ्नका लागि यो एउटा उत्कृष्ट अवसर हो ।

कठीन परिस्थितिमा टोलीले प्रशिक्षण गरेको देख्दा उनीहरुको मानसिकतामा सकारात्मक प्रभाव पर्दछ, जसले गर्दा व्यावसायिक करियरमा यसले फाइदा पुर्याउँछ । यी खेलाडीका लागि यो अवसर साँचिक्कै खास छ । ‘थिएटर अफ ड्रिम्समा फाइभ ए साइड फुटबल खेल्ने अवसर जो कोहीले पाउँदैन ।’

‘युनाइटेड वी प्ले’को चौथो संस्करण २०२३ को डिसेम्बरमा भातको कोलकातामा सुरु भएको थियो । नेपाल, थाइल्यान्ड, युएई, श्रीलंकालगायतका देशमा भएको कार्यक्रमको सुरुआत कोलकातामा युनाइटेड र फ्रान्सका पूर्व फुटबलर लुइस साहाले गरेका थिए । फाइनल भने अक्टोबरमा भारतको चण्डीगढमा युनाइटेडका महान खेलाडी ग्यारी नेभिलको उपस्थितिमा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो