काठमाडौं । सहरी प्रतिद्धन्द्धी इन्टर मिलानविरुद्ध ३-२ को पुनरागमन जित निकाल्दै इसी मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ ।
सोमबार साउदी अरेबियाको अल अवाल पार्कामा मिलानलाई जित दिलाउन थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले गोल गरे । इन्टरका लागि लौटारा मार्टिनेज र मेहदी तारेमीले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ४७औं मिनेटमा तारेमीले टोलीको अग्रता दोब्बर बनाए ।
हर्नान्डेजले ५२औं मिनेटमा मिलानका लागि एक गोल फर्काए । ८०औं मिनेटमा पुलिसिकले गोल गर्दा मिलान २-२ को बराबरीमा आयो ।
इन्जुरी समयमा अब्राहमले गोल गर्दै मिलानलाई ३-२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
मिलानले सन् २०१६ पछि पहिलो पटक इटालियन सुपर कपको उपाधि उचालेको हो । सम्रगमा भने मिलान आठौं पटक च्याम्पियन बन्यो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
