काठमाडौं । सहरी प्रतिद्धन्द्धी इन्टर मिलानविरुद्ध ३-२ को पुनरागमन जित निकाल्दै इसी मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ ।
सोमबार साउदी अरेबियाको अल अवाल पार्कामा मिलानलाई जित दिलाउन थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले गोल गरे । इन्टरका लागि लौटारा मार्टिनेज र मेहदी तारेमीले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ४७औं मिनेटमा तारेमीले टोलीको अग्रता दोब्बर बनाए ।
हर्नान्डेजले ५२औं मिनेटमा मिलानका लागि एक गोल फर्काए । ८०औं मिनेटमा पुलिसिकले गोल गर्दा मिलान २-२ को बराबरीमा आयो ।
इन्जुरी समयमा अब्राहमले गोल गर्दै मिलानलाई ३-२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
मिलानले सन् २०१६ पछि पहिलो पटक इटालियन सुपर कपको उपाधि उचालेको हो । सम्रगमा भने मिलान आठौं पटक च्याम्पियन बन्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
