माघ १६, २०८२ शुक्रबार | १०:१८:०३
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

विभागीय डर्बी बराबरीमा सकियो

आर्मीविरुद्ध ब्याटिङ गर्दै पुलिसका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । ट्रफी पुरुष एलिट कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबीचको विभागीय डर्बी बराबरीमा सकिएको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा दोस्रो तथा अन्तिम दिन सोमबार आर्मीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले  पाँच विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि अमित श्रेष्ठले ३६, अर्जुन साउदले अविजित १९ र राशिद खानले १० रन बनाए ।

आर्मीका लागि आकाश चन्दले र शाहब आलमले समान दुई र पवन कार्कीले एक विकेट लिए । शाहब आलम एकै खेलमा १० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । उनले पहिलो इनङमा आठ विकेट लिएका थिए ।

यसअघि बागमतीका कप्तान सन्दीप लामिछानेले मधेश प्रदेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए ।

विकेटको खुसीयाली मनाउँदै आर्मीका खेलाडी, तस्विरः क्यान । 

सोमपाल कामीको अर्धशतकप्रेरित आर्मी दोस्रो इनिङमा १७५ रनमा समेटिएपछि पुलिसले १७१ रनको लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि सोमपालले १३८ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन बनाए ।

पुलिसका लागि कुशल भुर्लेलले चार, गुल्शनकुमार झाले तीन, ललितनारायण राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी पहिलो इनिङमा १२१ रनमै समेटिएको थियो । १२५ रन मात्रै बनाउन सकेपछि पुलिसले चार रनको झिनो अग्रता लिएको थियो ।

पहिलो इनिङ्समा अग्रता लिएका कारण पुलिसले नियमित सात तथा बोनसको १४ अंक गरि २१ भएको छ । पहिलो इनिङ्समा पछि परेको कारण आर्मीले नियमित तीन तथा बोनसको १३ गरि १६ अंक जोडेको छ ।

दोस्रो खेलमा बुधबार आर्मीले बागमती प्रदेश र पुलिसले मधेश प्रदेशको सामना गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।