चैत्र १६, २०८२ सोमबार | २१:५७:३२
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

विभागीय डर्बी बराबरीमा सकियो

आर्मीविरुद्ध ब्याटिङ गर्दै पुलिसका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । ट्रफी पुरुष एलिट कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबीचको विभागीय डर्बी बराबरीमा सकिएको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा दोस्रो तथा अन्तिम दिन सोमबार आर्मीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले  पाँच विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि अमित श्रेष्ठले ३६, अर्जुन साउदले अविजित १९ र राशिद खानले १० रन बनाए ।

आर्मीका लागि आकाश चन्दले र शाहब आलमले समान दुई र पवन कार्कीले एक विकेट लिए । शाहब आलम एकै खेलमा १० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । उनले पहिलो इनङमा आठ विकेट लिएका थिए ।

यसअघि बागमतीका कप्तान सन्दीप लामिछानेले मधेश प्रदेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए ।

विकेटको खुसीयाली मनाउँदै आर्मीका खेलाडी, तस्विरः क्यान । 

सोमपाल कामीको अर्धशतकप्रेरित आर्मी दोस्रो इनिङमा १७५ रनमा समेटिएपछि पुलिसले १७१ रनको लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि सोमपालले १३८ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन बनाए ।

पुलिसका लागि कुशल भुर्लेलले चार, गुल्शनकुमार झाले तीन, ललितनारायण राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी पहिलो इनिङमा १२१ रनमै समेटिएको थियो । १२५ रन मात्रै बनाउन सकेपछि पुलिसले चार रनको झिनो अग्रता लिएको थियो ।

पहिलो इनिङ्समा अग्रता लिएका कारण पुलिसले नियमित सात तथा बोनसको १४ अंक गरि २१ भएको छ । पहिलो इनिङ्समा पछि परेको कारण आर्मीले नियमित तीन तथा बोनसको १३ गरि १६ अंक जोडेको छ ।

दोस्रो खेलमा बुधबार आर्मीले बागमती प्रदेश र पुलिसले मधेश प्रदेशको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो