काठमाडौं । रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको पहिलो चरणमा सोमबार चौथो डिभिजनको क्लब डिपोर्टिभा मिनेराविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
जितसँगै रियाल मड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ । मिनेराको घरेलु मैदान कार्टागोनोभा रंगशालामा रियाललाई जित दिलाउन आर्दा गुलेरले दुई तथा फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा भाल्भर्डेको गोलमार्फत रियालले अग्रता लिएको थियो । आठ मिनेटपछि कामाभिंगाले टोलीको अग्रता दोब्बर बनाए ।

गुलेरले २८औं मिनेटमा गोल गर्दा रियाल ३-० ले अगाडि बढ्यो । ५५औं मिनेटमा मोड्रिचले टोलीका लागि चौथो गोल गरे ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गुलेरले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ५-० को सानदार जित दिलाए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
