चैत्र १३, २०८२ शुक्रबार | ०५:५०:४९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत दोस्रो साता हुने भएको छ ।

प्रतियोगिता चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडिबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभरलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दामाथि खुला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगतिमा करिब ६०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणमा पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।

ओभरल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । गत संस्करणभन्दा यो २ लाख बढी हो । यस्तै उपविजेताले ६ लाख तथा तेस्रो हुनेले ३ लाख पाउनेछन् ।  यसैगरी चौथो देखि छैटौं स्थान हासिल गर्नेलाईः क्रमश २ लाख, १ लाख ८० हजार तथा १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।


यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख रुपैयाँ पाउनेछन् । यसैगरी तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार रुपैयाँ हात पार्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टरका शीर्ष ६ लाई क्रमशः १ लाख, ५० हजार, ३० हजार, २५ हजार, १५ हजार र१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नामकरण गरिएको छ । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो