चैत्र १२, २०८२ बिहीबार | ०५:०५:५२
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

एन्फाको अव्यवस्थित तालिका, वालिङमाथि थपियो पीडा

वालिङ नगरपालिकाको टोली, तस्विरः एन्फा ।

काठमाडौं । नेपाली फुटबलमा डिभिजन फुटबलको मिति सर्नु कुनै नौलो कुरा होइन । तोकिएकै मितिमा लिग आयोजना गर्ने हो भने त अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पाप नै लाग्दो हो ।

सहिद स्मारक ‘बी’ डिभिजन तीन वर्षपछि बल्ल माघको अन्तिम साता सुरु हुँदै छ । ‘बी’ डिभिजन पछिल्लो पटक २०७८ को चैत महिनामा भएको थियो । त्यसयता यो लिग एन्फा र सहभागी क्लबबीचको कलहका कारण तीन पटक सरेको छ । ‘बी’ डिभिजन नै नभएपछि ‘ए’ डिभिजन सुरु हुने कुरै आएन । आजको दिन पनि गन्ने हो भने शीर्ष डिभिजन लिग नभएको ५७६ दिन भइसक्यो । अहिले एन्फा मुख्यालय मैदानमा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहेको छ । यो लिग पनि एन्फाले तीन वर्षपछि बल्लतल्ल आयोजना गरेको हो ।

एन्फाले तोकिएकै मितिमा लिग गर्न नसक्दा क्लबहरू आर्थिक भार खेप्न बाध्य हुन्छन् । नयाँ मिति तोकिने र बन्द प्रशिक्षणमा खेलाडीका लागि लगानी गरिसकेपछि मिति पुनः सर्दा यसको प्रत्यक्ष असर क्लबमाथि पर्दै आएको छ । यस्तै अवस्थाबाट गुज्रिरहेको टोली हो वालिङ नगरपालिका ।

वालिङ र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः सारोज सापकोटा/खेलाडी । 

महिला लिगको पहिलो चरणमा चौथो स्थानमा रहँदै सुपर लिग अर्थात दोस्रो चरणमा छनोट भएको टोली हो, वालिङ नगरपालिका । वालिङले शुक्रबार सुपर लिगको आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ५-० को फराकिलो हार बेहोनुपरेको थियो । वालिङ यसरी फराकिलो अन्तरले हार्नुको पछाडि निश्चित कारण छ । त्यो सबैलाई थाहा भएकै हो, पुलिस वालिङभन्दा शारीरिक र मानसिक रूपमा बलियो टोली हो । तर, मुख्य प्रशिक्षक दिलीप थापाको बुझाइमा हारका अन्य कारण पनि थिए ।

खेलपछिको पत्रकार सम्मेलनमा थापाले लामै गुनासो पोखे । उनलाई आफ्ना खेलाडीको प्रदर्शनप्रति कुनै आपत्ति थिएन । उल्टै उनी आफ्नो स्तरअनुसार प्रदर्शन गरेको भन्दै खेलाडीलाई स्याबासी दिइरहेका थिए । उनको गुनासो एन्फाप्रति थियो । एन्फाको भद्रगोल व्यवस्थापनप्रति थियो । भएको के हो ? यो लिग २०२४ को सेप्टेम्बर १ देखि सुरु भएको हो । एन्फाले डिसेम्बरसम्म लिगको समापन गर्ने योजना बनाएको थियो । जसअनुसार आजको मितिसम्म लिग सकिसक्नुपर्ने थियो । त्यहीअनुसार क्लबले आफ्नो तयारी गरेको हो । तर, एन्फाले खेलतालिका संशोधन गर्दै जनवरी अन्तिमसम्म लिग सकिने गरी नयाँ तालिका निकाल्यो । त्यसको प्रत्यक्ष असर वालिङले अहिले भोगिरहेको छ । कसरी ?

वालिङले डिसेम्बरसम्म तीन विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तर, दोस्रो चरण नयाँ वर्षदेखि सुरु हुँदा विदेशी खेलाडीले खेल्नै पाएनन् । बिहीबारमात्र यी खेलाडी स्वदेश फर्किएका थिए । डिसेम्बरमै लिग सकिएको भए वालिङले मैदानमा बलियो प्रस्तुति दिने अपेक्षा थापाको थियो ।

वालिङका प्रशिक्षक दिलीप थापा । 

‘हामीले लिगकै लागि भनेर विदेशी खेलाडी भित्र्याएका थियौं । अन्तिममा आएर लिगको मिति नै सारियो । यसरी त हामीलाई गाह्रो भइहाल्छ । उसो त हामी आर्थिक रूपमा कमजोर छौं । हामीले दोस्रो चरणबाट कुनै पनि अपेक्षा राखेका छैनौं । हामीलाई थाहा छ हामी एकदमै कमजोर छौं,’ थापाले गुनासो पोखे, ‘हामी अहिले गाह्रो अवस्थामा छौं । आर्थिक अनि मानसिक रूपमा पनि । सबै खेलाडी एकै ठाउँ बसेर प्रशिक्षण गर्न पाएनौं ।  लिगलाई बीचमै छोड्ने कुरा पनि आएन । यही खेलाडीलाई लिएर यो लिग सिध्याउने योजना बनाएका छौं ।’

वालिङले फरवार्ड ज्याकलिन नसाली, रक्षक भियोला नामुदु र मिडफिल्डर सिसी नानटोंगुलाई अनुबन्ध गरेको थियो । शुक्रबार वालिङले पुलिसविरुद्ध १८ खेलाडीमात्र समावेश गरेको थियो । फुटबलमा यो संख्या निकै कम हो । अझ वालिङ जस्तो क्लबमा खेलाडी फिटनेसमै संघर्ष गरिरहेका छन्, यो संख्याले आगामी दिनमा वालिङलाई जटिल अवस्थामा पुर्याउन सक्छ । शुक्रबारको खेलकै कुरा गरौं न, आठ मिनेट बित्न नपाउँदै गोलकिपर राधिका ओली चोट बोक्दै मैदानबाट बाहिरिन बाध्य भइन् । उनलाई दोस्रो रोजाइका गोलकिपर सञ्जिना माझीले प्रतिस्थापन गरेकी थिइन् । विदेशी खेलाडीसँगै नेपाली राष्ट्रिय यु-२० टोलीकी कप्तान सारा बज्राचार्य पनि अनुपस्थित थिइन् । उनी पढाइको सिलसिलामा अमेरिका हानिएकी हुन् । यस्तोमा अब के वालिङ यिनै १८ खेलाडीमा निर्भर हुन्छ त ?

‘हामी विदेशी खेलाडीलाई अनुबन्ध गर्ने स्थितिमा छैनौं । घरेलु खेलाडीको हकमा कोहीको परीक्षा चलिरहेको छ । कोही घरायसी कारणले उपस्थिति जनाउन सकेका छैनन् । अर्को खेलका लागि उनीहरु आइपुग्ने छन्,’ थापाले भने ।

वालिङ र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः सारोज सापकोटा/खेलाडी । 

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफमा तीन गोल थपेको हो । पुलिसको जितमा स्ट्राइकर अनुष्का शेर्पा र विंगर सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो ।

जितसँगै पुलिस क्लब त्रिभुवन आर्मीलाई गोल अन्तरमा उछिन्दै शीर्षस्थानमा उक्लिएको छ । जितपछि पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवालले भने, ‘पाँच गोल गर्न पाउँदा हामीलाई फाइदा पुगेको छ । तर, यात्रा अझै बाँकी छ । हामीले अझै बलियो प्रतिद्वन्द्वीसँग खेल्न बाँकी छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो