काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन् ।
सोमबार अन्जना र ड्रिम अनका प्रबन्धक भीमबहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको हुने भनिए पनि रकम भने खुलाइएको छैन ।
सम्झौताअनुसार अन्जना ड्रिम अनको प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।
यो सम्झौतापछि अन्जनाले महिला खेलाडीलाई यस्ता अवसर कम प्राप्त हुने भन्दै ड्रिम अनले आफूलाई छनोट गरेकोमा खुसी लागेको बताइन् । उनले यो सम्झौताले हौसला बढाएको र अझै उत्कृष्ट गर्न मद्दत पुग्ने धारणा राखिन् ।
अन्जनात्रिभुवन आर्मी क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएकी छन् । यसअघि उनलाई एनआइसी एसिया बैंकले पनि एम्बासडर घोषणा गरेको थियो ।
भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association