चैत्र १२, २०८२ बिहीबार | १६:५०:४३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

सजिन महर्जनलाई बिलमलाल स्मृति बुद्धिचालको उपाधि

प्रतियोतिगाका शीर्ष तीन ।

ललितपुर । बिलमलाल श्रेष्ठ स्मृति राष्ट्रव्यापी फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम सजिन महर्जनले जितेका छन् ।

पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलमलाल श्रेष्ठको स्मृतिमा सञ्चालन भएको प्रतियोगितामा सजिनले ७.५ अंक प्राप्त गरे । उपाधिसँगै उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

समान ७.५ अंक जोडेका एफएम क्षितिज भण्डारी टाइब्रेकरका आधारमा दोश्रो स्थानमा रहे। काभ्रेका क्षितिजले १५ हजार हात गरे।

पाँचथरका रिशोन थापा सात अंकका साथ तेस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ हासिल गर्न सफल भए । प्रतियोगितामा समान सात अंक बनाएर पेभेलियन चेस एकेडेमीका सिएम शुश्रुत दहालले चौथो हुँदै ८ हजार तथा भक्तपुरका गणेशमान दुवालले पाँचौं स्थानमा रहँदै ७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै समान ६.५ अंक जोडेर रुपेशबहादुर रामचन्द्र छैटौं, पुरुषोत्तम सिलवाल सातौं, सिएम केशव श्रेष्ठ आठौं, बद्रीलाल नेपाली नवौं र देवराज १०औं स्थानमा रहँदै जनही ५ हजार रुपैय प्राव्त गर्न सफल भए ।

ललितपुरतर्फ बद्रीलाल नेपाली, सुरोज महर्जन, सानुराजा बज्राचार्य, अनरेटेडतर्फ सत्वीक तुलाधर, रजिन महर्जन, सोनु गुरुङ तथा महिला विधातर्फ सिन्दिरा जोशी, पूजा भण्डारी, विनिता कपाली शीर्ष तीनमा रहे ।

यता, रेटेड १९ सयमुनिमा मुहान नरसिंह श्रेष्ठ, १८ मुनिमा सुशील सुवेदी, १७ मुनिमा सुशील राउत, १६ सयमुनिमा किुमार मिश्र, १५ मुनिमा विभव जोशी विजेता बने ।

यस्तै यु-१६ मा सम्यक श्रेष्ठ, हर्षबर्धन राठी, यु-१४ मा कशिभ कार्की, सार्थक पन्त तथा १२ वर्षमुनिमा अविन पाण्डे, कैभल्या पन्त शीर्ष दुईमा रहे ।  भेट्रान ५५ वर्षमा भुवनेश्वर चौधरी र ६० वर्षमा नवीन तण्डुकारले उपाधि जिते ।

आयोजक ललितपुर स्पोर्टस क्लबले समापन समारोहको अवसर पारेर बुद्धिचाल खेलको समाचार संप्रेषण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्र दैनिकका प्रजित शाक्य र मेरो खेल डट कमी पत्रकार सुश्री लक्ष्मी शाक्यलाई जनही ५ हजार रुपैयान्सहित प्रशंसा पत्र प्रदान गरेको थियो ।

यस्तै वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र फेटो पत्रकार एवं खेलाडी राजेन्द्र बज्राचार्य (आर) लाई पनि जनही ५ हजार रुपैयाँका साथ सम्मान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो