माघ १८, २०८२ आइतबार | १०:५३:३४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको छ । यससँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो टोली बनेको छ । 

जितसँगै दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबारबाट सुरु हुनेछ ।

सेन्चुरियनस्थित सुपरस्पोर्टस पार्कमा पाकिस्तानले प्रस्तुत गरेको १४८ रनको लक्ष्य दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाले २३-३ को स्थितीमा चौथो दिनको सुरुआत गरेको थियो । बाँकी १२५ रन बनाउन दक्षिण अफ्रिकाले थप पाँच विकेट गुमायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बाबुमाले ४०, एडेन मार्करमले ३७, कागिसो राबडाले अविजित ३१, डेविड बेडिङघम १४ र मार्को यानसेनले अविजित १६ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद अब्बासले ६ तथा खुर्रम शहजाद र नसिम शाहले समान एक विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तान २३७ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले १४८ रनको लक्ष्य प्राप्त गरेको थियो । पाकिस्तानका लागि साउद सकिलले ११३ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे ।

कम्रान गुलामले ७१ बलमा आठ चौका र एक छक्काको ५०, कप्तान सान मसुदले २८, साइम अयुबले २७ र आमिर जमालले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले ६, काबिसो राबडाले दुई तथा कोर्विन बोश र डान पिटरसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा २११ रनमै समेटिएको थियो । ३०१ रन बनाउँदै दक्षिण अफ्रिकाले ९० रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।