चैत्र ८, २०८२ आइतबार | ०१:१५:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको छ । यससँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो टोली बनेको छ । 

जितसँगै दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबारबाट सुरु हुनेछ ।

सेन्चुरियनस्थित सुपरस्पोर्टस पार्कमा पाकिस्तानले प्रस्तुत गरेको १४८ रनको लक्ष्य दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाले २३-३ को स्थितीमा चौथो दिनको सुरुआत गरेको थियो । बाँकी १२५ रन बनाउन दक्षिण अफ्रिकाले थप पाँच विकेट गुमायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बाबुमाले ४०, एडेन मार्करमले ३७, कागिसो राबडाले अविजित ३१, डेविड बेडिङघम १४ र मार्को यानसेनले अविजित १६ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद अब्बासले ६ तथा खुर्रम शहजाद र नसिम शाहले समान एक विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तान २३७ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले १४८ रनको लक्ष्य प्राप्त गरेको थियो । पाकिस्तानका लागि साउद सकिलले ११३ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे ।

कम्रान गुलामले ७१ बलमा आठ चौका र एक छक्काको ५०, कप्तान सान मसुदले २८, साइम अयुबले २७ र आमिर जमालले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले ६, काबिसो राबडाले दुई तथा कोर्विन बोश र डान पिटरसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा २११ रनमै समेटिएको थियो । ३०१ रन बनाउँदै दक्षिण अफ्रिकाले ९० रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो