चैत्र १८, २०८२ बुधबार | १०:२०:४९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चौथो टेस्टमा अस्ट्रेलिया विजयी

जितको खुसीयाली मनाउँदै अस्ट्रेलियन खेलाडी ।

 काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले चौथो टेस्टमा भारतविरुद्ध १८४ को जित दर्ता गरेको थियो ।

मेलबर्नमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै समेटियो। भारत पाँचौं दिन ब्याटिङका लागि उत्रिएको थियो ।

भारत १३ वर्षपछि मेलबर्न टेस्टमा पराजित भएको हो । यसअघि भारतले सन् २०११ मा हार बेहोरेको थियो ।

यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ। पाँचौं तथा अन्तिम टेस्ट जनवरी शुक्रबारदेखि सिड्नीमा हुनेछ।

भारतका लागि यश्सवी जैसवालले २०८ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए । यसैगरी ऋषभ पन्तले ३० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाविरुद्ध अर्धशतक प्रहार गरेपछि यश्सवी जैसवाल ।

अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले समान तीन, नाथन लायनले दुई तथा मिचेल स्टार्च र ट्रभिस हेडले समान एक विकेट लिए ।

दोस्रो इनिङमा अस्ट्रेलिया २३४ रनमा समेटिएपछि भारतले ३४० रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १३९ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी प्याट कमिन्स र नाथन लायनले समान ४१, उस्मान ख्वाजाले २१, स्कट बोल्याडले अविजित १५ तथा स्टिभ स्मिथले १३ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले पाँच, मोहम्मद सिराजले तीन र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४७४ रन बनाएको थियो । ३६९ मा समेटिएपछि भारत १०५ रनले पछि परेको थियो ।

पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए । वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो