माघ १८, २०८२ आइतबार | ११:२८:०३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

चौथो टेस्टमा अस्ट्रेलिया विजयी

जितको खुसीयाली मनाउँदै अस्ट्रेलियन खेलाडी ।

 काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले चौथो टेस्टमा भारतविरुद्ध १८४ को जित दर्ता गरेको थियो ।

मेलबर्नमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै समेटियो। भारत पाँचौं दिन ब्याटिङका लागि उत्रिएको थियो ।

भारत १३ वर्षपछि मेलबर्न टेस्टमा पराजित भएको हो । यसअघि भारतले सन् २०११ मा हार बेहोरेको थियो ।

यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ। पाँचौं तथा अन्तिम टेस्ट जनवरी शुक्रबारदेखि सिड्नीमा हुनेछ।

भारतका लागि यश्सवी जैसवालले २०८ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए । यसैगरी ऋषभ पन्तले ३० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाविरुद्ध अर्धशतक प्रहार गरेपछि यश्सवी जैसवाल ।

अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले समान तीन, नाथन लायनले दुई तथा मिचेल स्टार्च र ट्रभिस हेडले समान एक विकेट लिए ।

दोस्रो इनिङमा अस्ट्रेलिया २३४ रनमा समेटिएपछि भारतले ३४० रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १३९ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी प्याट कमिन्स र नाथन लायनले समान ४१, उस्मान ख्वाजाले २१, स्कट बोल्याडले अविजित १५ तथा स्टिभ स्मिथले १३ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले पाँच, मोहम्मद सिराजले तीन र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४७४ रन बनाएको थियो । ३६९ मा समेटिएपछि भारत १०५ रनले पछि परेको थियो ।

पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए । वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।