कार्तिक २६, २०८२ बुधबार | २१:०६:०५
ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने

अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन

सांकेतिक तस्विर

ललितपुर । वडा-१६ छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेको छ ।

वडा-१६ ले तीन स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो । दोश्रो भएको वडा-७ ले समान तीन स्वर्ण र कांस्य पदक हात पार्दा तीन स्वर्ण र एक कांस्य पदकका साथ वडा-१७ तेस्रो स्थानमा रह्यो ।  

यसैगरी दुई स्वर्ण, एक रजत र ११ कांस्य पदकका साथ वडा-२० चौथो तथा एक स्वर्ण र दुई रजत पदक सहित वडा-६ पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको अन्तिम दिन सोमबार वडा-७ का एलेक्स महर्जन र सोही वडाका डिकेन महर्जनले स्वर्ण पदक जिते ।

पुरुष एकलको क्याटगोरी ‘ए’ मा एलेक्स तथा क्याटगोरी ‘बी’ मा डिकेन पहिलो भए । ‘ए’ क्याटगोरीमा राष्ट्रिय खेलाडीलाई पनि सहभागिताको अवसर दिइएको थियो भने ‘बी’ मा राष्ट्रिय खेलाडी बाहेकको प्रतिस्पर्धा भएको थियो ।

पाटनको गःछेंमा भएको  फाइनलमा एलेक्सले अनुभवी खेलाडी संयोग कपालीलाई ६-११, ११-६, ११-९, ११-७ को सेटमा पराजित गरे । वडा-८ का विपुल महर्जन र वडा-७ का डिकेन महर्जन तेश्रो भए ।

फाइनलमा डिकेनले वडा-६ का सन्जिल शाक्यलाई ११-७, ६-११, १२-१०, ३-११, ११-९ को सेटमा हराए । वडा १६ का सुमन शाक्य र वडा ७ का एलेन महर्जन तेश्रो स्थानमा रहे ।

ललितपुर महानगरपालिका वडा-९ को आयोजनामा भएको प्रतियोगितामा ललितपुर महानगरपालिकाको २९मध्ये २५ वडाका ६३७ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

यसअघि वडा-९ को आन्तरिक एकलमा सन्जु अवाले, भेट्रान ४० वर्षमाथि महिला एकलमा वडा-५ की ममतासिंह राजभण्डारी, ६० वर्षमाथि पुरुष  एकलमामा वडा-१३ का पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि पुरुष एकलमा वडा-६ का राजेन्द्र कपाली, ४० वर्षमाथि पुरुष एकलमा राजेन्द्र श्रेष्ठ, यु-१२ एकलको ब्वाइजतर्फ वडा-१६ का स्वर्णिम शाक्य र गर्ल्सतर्फ वडा-१७ की अर्सना महर्जनले स्वर्ण पदक जितेका थिए ।

यसैगरी यु-१६ एकलको ब्वाइजमा वडा-२० का एरिस शाक्य र गर्ल्समा वडा ५ की साइरा शाक्य, पुरुष युगलमा वडा-८ का विपुल महर्जन र रुविन महर्जन, महिला एकलमा-१७ की अर्सना महर्जन, महिला टिम इभेन्टमा वडा-१७, ४० वर्षमाथि पुरुष टिम इभेन्टमा वडा-२० र पुरुष टिम इभेन्टमा वडा-७ स्वर्ण पदक हासिल गर्न सफल भएका थिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक वडा-९ का अध्यक्ष राजु महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले  गरे ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder