चैत्र १२, २०८२ बिहीबार | १६:२४:१४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

एभिएमको प्रायोजकमा तिभारकै निरन्तरता

तिभारले प्रायोजन गरेका रुवेन महर्जन, सिक्का सुवाल र इभाना थापालगायत, तस्विरः केशप थापा/ खेलाडी।

काठमाडौं । एभिएम टेबल टेनिस क्लबलाई तिभारले प्रयोजकको रूपमा लगातार दोस्रो वर्ष निरन्तरता दिने भएको छ ।

टेबल टेनिस सामाग्री उत्पादक कम्पनी तिभार र एभिएमबीची मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता अनुसार तिभारले क्लबका खेलाडीलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउने छ । यसैगरी तिभारले सन् २०२४/२५ सिजनका लागि तिभारले तीन खेलाडीलाई पूर्ण प्रायोजन पनि गरेको छ ।

तिभारले रुवेन महर्जन, सिक्का सुवाल र इभाना थापालाई तीन लाख रुपैयाँ बराबरको ब्याट, जुत्ता, मोजा, रबर, लुगा लगायत सामाग्री खेलाडीलाई उपलब्ध गराएको हो ।

याे प्रायोजनले खेलाडीको हौसला बढ्नुका साथै विश्वस्तरीय सामाग्रीको प्रयोगले खेलमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास क्लबले लिएको छ ।

प्रयोजनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः केशप थापा/ खेलाडी। 

 एभिएम स्कुलकी अध्यक्ष सुचिता मानन्धरले खेलाडीलाई हौसला प्रदान होस भन्ने उदेश्यले सम्झौता गरेको बताइन् ।

एभिएमका प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले स्विट्जरल्यान्डका पावेल रेहोरेकले सम्झौताका लागि सहयोग गरेको जानकारी दिए ।

राष्ट्रिय खेलाडी सिक्का सुवालले यो सम्झौतापछि उत्साहित रहेको प्रतिक्रिया दिइन् । ‘लगातार दोस्रो वर्ष प्रायोजक पाएका छौं ।  अघिल्लो वर्ष हामीभन्दा माथि श्रीलंका र भारतीय खेलाडी पनि हामीले स्पोन्सर पाउँदा आश्चर्यमा परेका थिए । कसरी स्पोन्सर पायौं भनेर प्रश्न गर्थे । यस पटक हामीले अघिल्लो वर्षभन्दा राम्रो स्पोन्सर पाएका छौँ । यसले हामी र आगामी पुस्तालाई अझै सहज बनाउनेछ । यसले खेलमा लाग्ने हौसला प्रदान गर्नेछ,’ सिक्काले भनिन् ।

एभिएमका उत्पदन रुविन महर्जन, सिक्का सुवाल श्रेष्ठ, इभाना थापा, संयोग कपालीलगायत खेलाडीले राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् ।

अहिले ६० जना स्कुल र ३० भन्दा बढी बाहिरबाट एभिएममा दैनिकी प्रशिक्षण गरिरहेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो