माघ १७, २०८२ शनिबार | ०८:११:४४
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

एभिएमको प्रायोजकमा तिभारकै निरन्तरता

तिभारले प्रायोजन गरेका रुवेन महर्जन, सिक्का सुवाल र इभाना थापालगायत, तस्विरः केशप थापा/ खेलाडी।

काठमाडौं । एभिएम टेबल टेनिस क्लबलाई तिभारले प्रयोजकको रूपमा लगातार दोस्रो वर्ष निरन्तरता दिने भएको छ ।

टेबल टेनिस सामाग्री उत्पादक कम्पनी तिभार र एभिएमबीची मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता अनुसार तिभारले क्लबका खेलाडीलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउने छ । यसैगरी तिभारले सन् २०२४/२५ सिजनका लागि तिभारले तीन खेलाडीलाई पूर्ण प्रायोजन पनि गरेको छ ।

तिभारले रुवेन महर्जन, सिक्का सुवाल र इभाना थापालाई तीन लाख रुपैयाँ बराबरको ब्याट, जुत्ता, मोजा, रबर, लुगा लगायत सामाग्री खेलाडीलाई उपलब्ध गराएको हो ।

याे प्रायोजनले खेलाडीको हौसला बढ्नुका साथै विश्वस्तरीय सामाग्रीको प्रयोगले खेलमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास क्लबले लिएको छ ।

प्रयोजनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः केशप थापा/ खेलाडी। 

 एभिएम स्कुलकी अध्यक्ष सुचिता मानन्धरले खेलाडीलाई हौसला प्रदान होस भन्ने उदेश्यले सम्झौता गरेको बताइन् ।

एभिएमका प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले स्विट्जरल्यान्डका पावेल रेहोरेकले सम्झौताका लागि सहयोग गरेको जानकारी दिए ।

राष्ट्रिय खेलाडी सिक्का सुवालले यो सम्झौतापछि उत्साहित रहेको प्रतिक्रिया दिइन् । ‘लगातार दोस्रो वर्ष प्रायोजक पाएका छौं ।  अघिल्लो वर्ष हामीभन्दा माथि श्रीलंका र भारतीय खेलाडी पनि हामीले स्पोन्सर पाउँदा आश्चर्यमा परेका थिए । कसरी स्पोन्सर पायौं भनेर प्रश्न गर्थे । यस पटक हामीले अघिल्लो वर्षभन्दा राम्रो स्पोन्सर पाएका छौँ । यसले हामी र आगामी पुस्तालाई अझै सहज बनाउनेछ । यसले खेलमा लाग्ने हौसला प्रदान गर्नेछ,’ सिक्काले भनिन् ।

एभिएमका उत्पदन रुविन महर्जन, सिक्का सुवाल श्रेष्ठ, इभाना थापा, संयोग कपालीलगायत खेलाडीले राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् ।

अहिले ६० जना स्कुल र ३० भन्दा बढी बाहिरबाट एभिएममा दैनिकी प्रशिक्षण गरिरहेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।