चैत्र १८, २०८२ बुधबार | ०९:००:५२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

अर्सनालाई तेश्रो स्वर्ण

फाइल तस्विर

काठमाडौं। मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला एकलमा वडा-१७ की अर्सना महर्जनले शनिबार स्वर्ण पदक जितेकी छन् ।

प्रतियोगितामा अर्सनाको यो तेस्रो स्वर्ण पदक हो । यसअघि अर्सनाले यु-१२ गर्ल्स एकल र महिला टिम इभेन्टमा स्वर्ण पदक जितेकी थिइन् ।

अर्सनाले फाइनलमा वडा-१२ की रोनिशा महर्जनलाई १३-११, ११-५, ११-८ ले पराजित गरिन्  । वडा-८ की सुरम्य शाक्य र वडा-१७ की अर्पिता महर्जन तेश्रो भए ।

ललितपुर महानगरपालिका वडा-९ द्वारा आयोजित प्रतियोगिताको यु-१६ गर्ल्स एकलमा वडा-१६ की साइरा शाक्य र यु-१२ ब्वाइज एकलमा सोही वडाका स्वर्णिम शाक्य पहिलो भए ।

पाटनको गःछेंःमा भएको गर्ल्स फाइनलमा साइराले वडा-१९ की एमरिन महर्जनलाई ११-७, ११–६,११-७ को सोझो सेटमा हराइन् । वडा-८ की सुरम्य शाक्य र वडा-१२ की इशान्वी महर्जन तेश्रो भए ।

ब्वाइज फाइनलमा स्वर्णिमले आफ्नै वडाका रिभानमुनि बज्राचार्यलाई ११-९, ११-१३, ११-८, ११-१३, ११-७ को सेटमा हराए । वडा-११ का निर्भिक शाक्य र वडा-१८ का सुभान खड्का तेश्रो बने ।

भेट्रान ६० वर्षमाथि पुरुष एकलमा वडा-१३ का पूर्णशंकर श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा वडा-१० का आनन्द धाक्वालाई ११-९, ५-११, ११-७, ८-११, ११-९ को सेटमा हराए । वडा-३ का किरणकुमार विष्ट र वडा-१९ का जगदीश्वरप्रसाद जोशीले तेश्रो स्थान हासिल गरे ।

यसअघि वडा-५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला एकल, वडा-७ ले पुरुष टिम इभेन्ट र वडा-२० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो