माघ १७, २०८२ शनिबार | १४:५३:०२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अर्सनालाई तेश्रो स्वर्ण

फाइल तस्विर

काठमाडौं। मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला एकलमा वडा-१७ की अर्सना महर्जनले शनिबार स्वर्ण पदक जितेकी छन् ।

प्रतियोगितामा अर्सनाको यो तेस्रो स्वर्ण पदक हो । यसअघि अर्सनाले यु-१२ गर्ल्स एकल र महिला टिम इभेन्टमा स्वर्ण पदक जितेकी थिइन् ।

अर्सनाले फाइनलमा वडा-१२ की रोनिशा महर्जनलाई १३-११, ११-५, ११-८ ले पराजित गरिन्  । वडा-८ की सुरम्य शाक्य र वडा-१७ की अर्पिता महर्जन तेश्रो भए ।

ललितपुर महानगरपालिका वडा-९ द्वारा आयोजित प्रतियोगिताको यु-१६ गर्ल्स एकलमा वडा-१६ की साइरा शाक्य र यु-१२ ब्वाइज एकलमा सोही वडाका स्वर्णिम शाक्य पहिलो भए ।

पाटनको गःछेंःमा भएको गर्ल्स फाइनलमा साइराले वडा-१९ की एमरिन महर्जनलाई ११-७, ११–६,११-७ को सोझो सेटमा हराइन् । वडा-८ की सुरम्य शाक्य र वडा-१२ की इशान्वी महर्जन तेश्रो भए ।

ब्वाइज फाइनलमा स्वर्णिमले आफ्नै वडाका रिभानमुनि बज्राचार्यलाई ११-९, ११-१३, ११-८, ११-१३, ११-७ को सेटमा हराए । वडा-११ का निर्भिक शाक्य र वडा-१८ का सुभान खड्का तेश्रो बने ।

भेट्रान ६० वर्षमाथि पुरुष एकलमा वडा-१३ का पूर्णशंकर श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा वडा-१० का आनन्द धाक्वालाई ११-९, ५-११, ११-७, ८-११, ११-९ को सेटमा हराए । वडा-३ का किरणकुमार विष्ट र वडा-१९ का जगदीश्वरप्रसाद जोशीले तेश्रो स्थान हासिल गरे ।

यसअघि वडा-५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला एकल, वडा-७ ले पुरुष टिम इभेन्ट र वडा-२० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।