चैत्र १२, २०८२ बिहीबार | १६:४७:२४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’

फाइल तस्विर

काठमाडौं । ललित स्मिृति एन्फा यु–१८ लिगमा रमिता सृजना भएको छ । एफसी खुमलटारमा खेलाडी नपुगेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझै तीन अंक हासिल गरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहान १२ बजे खुमलटार र आर्मीबीच खेल हुने तालिका थियो । दुबै लिगको अन्तिम खेल खेल्दै थिए । तर, मैदानमा ९ खेलाडीले मात्र उपस्थिति जनाएपछि खुमलटारले खेल खेल्न सकेन । जसका कारण आर्मीले प्रतियोगिताको नियम अनुसार ३-० ले खेल जित्यो ।

खुमलटारको यस्तो परिस्थिति कसरी सृजना भयो ?

यसको कारण हो, मकवानपुरको हेटौंडामा जारी बागमती प्रदेश लिग । खुमलटारले ललित स्मिृति लिगका लागि भनेर २७ खेलाडी दर्ता गरेको थियो । जसमध्ये १९ खेलाडी सिन्धुपाल्चोक जिल्लाका हुन् । सोमबार प्रदेश लिगमा सिन्धुपोल्चोकले सिन्धुलीसँग खेल्ने तालिका थियो । त्यसैले टोलीका ७ खेलाडी हेटौंडा प्रस्थान गरे ।

खेलाडी सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गरिरहेको चौतारा स्पोर्टिङमा समावेश भए । चौतारा पहिलो खेलमा सिन्धुलीलाई प्रतिनिधित्व गरिरहेको ब्लु अलपाइन क्लबसँग २-१ ले पराजित हुँदै बाहिरिन पुग्यो ।

‘हामीसँग मात्र ९ जना खेलाडी थिए । त्यसैले नखेल्ने निर्णय गरेका हौं । पहिलो चरणपछि १० जना खेलाडी काठमाडौं नै आएनन् । आज सात जना खेलाडी हेटौंडा गए,’ मुख्य प्रशिक्षक सन्दीप खड्काले खेलाडी डटकमसँगको कुराकानीमा भने, ‘जिल्लालाई धोका दिने कुरा आएन । जिल्लाले मागेपछि पठाउनै पर्यो ।’

पहिलो चरण सकिएपछि खेलाडी चार महिना बिदा बसेका थिए । जसको प्रत्यक्ष असर क्लबलाई परेको खड्का बताउँछन् । भन्छन्,‘घर गएपछि खेलाडीले फर्किने मनसाय बनाएनन् । कसैले परीक्षाको कारण देखाए भने कसैले घरायसी कारण देखाए ।’

हारसँगै खुमलटारले पुछारको दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । खुमलटारले २२ खेलमा मात्र १२ अंक जोड्न सक्यो । आर्मी खुमलटारभन्दा एक स्थान माथि रह्यो । उसले २१ अंक जोड्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो