माघ १८, २०८२ आइतबार | ११:४९:२३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’

फाइल तस्विर

काठमाडौं । ललित स्मिृति एन्फा यु–१८ लिगमा रमिता सृजना भएको छ । एफसी खुमलटारमा खेलाडी नपुगेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझै तीन अंक हासिल गरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहान १२ बजे खुमलटार र आर्मीबीच खेल हुने तालिका थियो । दुबै लिगको अन्तिम खेल खेल्दै थिए । तर, मैदानमा ९ खेलाडीले मात्र उपस्थिति जनाएपछि खुमलटारले खेल खेल्न सकेन । जसका कारण आर्मीले प्रतियोगिताको नियम अनुसार ३-० ले खेल जित्यो ।

खुमलटारको यस्तो परिस्थिति कसरी सृजना भयो ?

यसको कारण हो, मकवानपुरको हेटौंडामा जारी बागमती प्रदेश लिग । खुमलटारले ललित स्मिृति लिगका लागि भनेर २७ खेलाडी दर्ता गरेको थियो । जसमध्ये १९ खेलाडी सिन्धुपाल्चोक जिल्लाका हुन् । सोमबार प्रदेश लिगमा सिन्धुपोल्चोकले सिन्धुलीसँग खेल्ने तालिका थियो । त्यसैले टोलीका ७ खेलाडी हेटौंडा प्रस्थान गरे ।

खेलाडी सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गरिरहेको चौतारा स्पोर्टिङमा समावेश भए । चौतारा पहिलो खेलमा सिन्धुलीलाई प्रतिनिधित्व गरिरहेको ब्लु अलपाइन क्लबसँग २-१ ले पराजित हुँदै बाहिरिन पुग्यो ।

‘हामीसँग मात्र ९ जना खेलाडी थिए । त्यसैले नखेल्ने निर्णय गरेका हौं । पहिलो चरणपछि १० जना खेलाडी काठमाडौं नै आएनन् । आज सात जना खेलाडी हेटौंडा गए,’ मुख्य प्रशिक्षक सन्दीप खड्काले खेलाडी डटकमसँगको कुराकानीमा भने, ‘जिल्लालाई धोका दिने कुरा आएन । जिल्लाले मागेपछि पठाउनै पर्यो ।’

पहिलो चरण सकिएपछि खेलाडी चार महिना बिदा बसेका थिए । जसको प्रत्यक्ष असर क्लबलाई परेको खड्का बताउँछन् । भन्छन्,‘घर गएपछि खेलाडीले फर्किने मनसाय बनाएनन् । कसैले परीक्षाको कारण देखाए भने कसैले घरायसी कारण देखाए ।’

हारसँगै खुमलटारले पुछारको दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । खुमलटारले २२ खेलमा मात्र १२ अंक जोड्न सक्यो । आर्मी खुमलटारभन्दा एक स्थान माथि रह्यो । उसले २१ अंक जोड्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।