पुस १५, २०८१ सोमबार | २३:०५:३३
चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत

सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन

काठमाडौं । ओपनर लाहिरु मिलन्थाको सान्दार ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको च्याम्पियन बनेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरले लिग चरण र पहिलो क्वालिफायर्समा बेहोरेको हारको बदला लिँदै सुदूरपश्चिममाथि पाँच विकेटको जित हासिल गर्यो ।

सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरलाई च्याम्पियन बनाउन ओपनर मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्कासहित ८७ रनको पारी खेले । त्यस्तै अर्का ओपनर तथा कप्तान आसिफ शेखले १९ बलमा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान गर्दा चौथो नम्बरका ब्याटर हर्ष थाकरले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरी, सैफ जैब, स्कट कुगुलेइन र इशान पाण्डेले समान एक विकेट लिए ।

जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा विना कुनै विकेट गुमाएर ७१ रन जोड्दै सान्दार सुरुआत गरेको थियो । सातौं ओभरमा आसिफ जैबको बलमा लङ अफमा ब्रेन्डन म्याकमुलनबाट क्याच भएपछि सुदूरपश्चिमले ब्रेक थ्रु पायो । आसिफ सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो खेलमा जैबको बलिङमा पेभिलियन फर्किएका हुन् । यसअघि लिग चरण र पहिलो क्वालिफायर्समा आसिफ जैबबाट बोल्ड भएका थिए ।

आसिफ पेभिलियन फर्किएपछि क्रिजमा आएका मोहम्मद मोहसिनले मिलन्थासँग मिलेर ३२ रनको साझेदारी गरे । १०औं ओभरको अन्तिम बलमा इशानबाट बोल्ड हुनुअघि मोहसिनले ९ रन जोडे । मोहसिनपछि क्रिजमा आए ठाकर । ठाकरले तेस्रो विकेटको लागि मिलन्थासँग मिलेर ६१ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ उन्मुख गराए ।

१६औं ओभरको तेस्रो बलमा मिलन्था पेभिलियन फर्किए । मिलन्था कुगुलेइनको बलमा कुगुलेइनबाटै रनअपमा क्याच भए । अब जनकपुरलाई जितका लागि मात्र १९ रन आवश्यक थियो । मिलन्थापछि क्रिजमा आएका निसमले चार रनभन्दा माथिको रन बनाउन सकेनन् । उनी कप्तान ऐरीबाट बोल्ड हुन पुगे । १९औं ओभरको चौथो बलमा दुई रनमा रहेका आकाश त्रिपाठी रन आउट भए । अब जितका लागि मात्र तीन रन आवश्यक थियो । जैबले त्यस ओभरमा त्यसपछि कुनै पनि रन खर्चिएनन् । खेल अन्तिम ओभरसम्म लम्बियो । जहाँ जनकपुरले तीन रन बनाउँदै खेल जित्यो । अन्तिममा मध्यक्रमका ब्याटर मयान यादवले कभरमा बल प्रहार गरे अनि दुई रन लिँदै जनकपुरलाई एनपिएलको पहिलो च्याम्पियन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय गरेको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।

सुदूरपश्चिमका लागि विनोद र जैबको जोडीले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गरे । जैबले ४३ बलमा आठ चौका र दुई छक्कासहित ६९ रनको योगदान गर्दा विनोदले ३१ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाए । त्यस्तै तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलन र चौथो नम्बरका हर्मीत सिंहले समान १४ रन बनाए । यसैगरी मध्यक्रमका ब्याटर स्कट कुगुलेइनले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि स्पिनर मोहम्मद मोहसिनले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै तीव्र गतिका बलर किशोर महत्तोले तीन ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । तीव्र गतिका बलर जिमी निसम सबैभन्दा महँगा बलर सावित भए । एक विकेट लिएका निसमले चार ओभरमा ४४ रन खर्चिए । एक विकेट लिएका स्पिनर ललित राजवंशीले चार ओभरमा मात्र १५ रन खर्चिए ।

ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा ४८ रन जोडेको सुदूरपश्चिमले १०.१ ओभरमा एक सय रन पूरा गरेको थियो ।

जनकपुरका लागि किशोरले जैबको विकेट लिँदै ब्रेक थ्रु दिलाएका थिए ।

१२औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले जैबलाई गुमायो । जैब किशोर महत्तोको बलमा लङ अनमा ललितबाट क्याच भए । स्कोरबार्डमा एक रन पनि जोडिन नपाउँदै जनकपुरले विनोदको विकेट हासिल गर्यो । विनोद ललितको बलमा बोल्ड भए ।

१५औं ओभरको अन्तिम बलमा हर्मीत मोसिनको बलमा स्कावयर लेगमा हेमन्त धामीबाट क्याच भए । लगत्तैको ओभरको अन्तिम बलमा म्याकमुलन निसमको बलमा बोल्ड भए ।

१९औं ओभरको पहिलो बलमा ऐरी मोशिनको बलमा दीप स्कावयर लेगमा हेमन्तबाट क्याच भएसँगै सुदूरपश्चिमका पाँच खेलाडी पेभिलियन फर्किए । त्यही ओभरको पाँचौं बलमा आरिफ सेख दीप मिड विकेटमा ललितबाट क्याच भए ।

सुदूरपश्चिमले सातौं विकेटको रुपमा कुगुलेइनलाई गुमायो । २०औं ओभरको पहिलो बलमा कुगुलेइन किशोरबाट बोल्ड भए । चौथो बलमा किशोरले नरेश बुढाऐरलाई शेर मल्लबाट क्याच गराउँदा अन्तिम बलमा इशान पाण्डे मोसिनको थ्रोमा विकेटकिपर लाहिरु मिलन्थाबाट रन आउट भए ।


भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो