काठमाडौं । गेटवे एकेडेमीले फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
मुलपानी मैदानमा आइतबार सम्पन्न फाइनलमा गेटवेले ब्रम्हकुञ्जलाई २-१ ले पराजित गर्यो । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा हाइली क्रिएटिभले ओरियन्टललाई ५-१ ले हरायो ।
शीर्ष चारले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।
फेकाद्वारा आयोजित प्रतियोगितामा ओरियन्टलका मनोज राम उत्कृष्ट खेलाडी घोषित भए । ब्रम्हकुञ्जका एलेक्स कुँवर रक्षक, ब्रम्हकुञ्जकै सन्दिप राई गोलकिपर, गेटवेका प्रतीक रायमाझी मिडफिल्डर र गेटवेकै सुजन नापित प्रशिक्षकमा उत्कृष्ट ठहरिए ।
यस्तै ओरियन्टलका रोशन पक्वाल उदीयमान खेलाडी बने भने प्रतियोगिता भर ६ गोल गरेका गेटवेका प्रदिप खत्री सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । कौस्तुभ एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई कागेशवरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले पुरस्कृत गरे । मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगितामा २५ विद्यालयले सहभागिता जनाएका थिए ।