चैत्र १३, २०८२ शुक्रबार | ०९:५२:२५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन

काठमाडौं । थन्डर बोल्ट्स कप अन्ततर्गत बुद्धिचालको यु-१८ तर्फ जेम्स च्याम्पियन बनेको छ। आइतबार सम्पन्न यो स्पर्धामा मनकामना र डिएभी संयुक्तरुपमा दोस्रो स्थानमा रहे ।

त्यस्तै यु-१४ छात्र तथा छात्रा दुवैतर्फ अंकका आधारमा निसर्ग वाटिकाले स्वर्ण, बिएनले रजत तथा इम्पेरिएल वर्ल्ड र टिआइएले कांस्य पदक प्राप्त गरे।

जुडोमा छात्रतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्सले रजत तथा हार्दिक एकेडेमीले कांस्य पदक हात पारे । छात्रातर्फ पनि नेपाल पुलिसले स्वर्ण जित्यो । जेम्सले रजत र नेपाल युवकले कांस्य पदक प्राप्त गरे।

तेक्वान्दोमा तौल समूहको खेल सकिएपछि अंकका आधारमा  छात्रतर्फ जेम्स प्रथम, नेपाल पुलिस द्वितीय  र जुपिटर तृतीय भएका छन् ।  छात्रातर्फ जेम्स  रिजेन्ट रेसिडेन्सियल र टेरेसा शीर्ष तीनमा रहे ।

यस्तै यु-१८ फुटसलको छात्रतर्फ ब्लुबर्डले स्वर्ण, चेल्सी वर्ल्डले रजत र  रातो बंगलाले  कांस्य पदक जिते ।

यु-१८ बास्केटबलको छात्रतर्फ जेभियर इन्टरनेसनल  र टाइम्स इन्टरनेसनलफाइनल प्रवेश गरेका छन् । यसैगरी तेस्रो स्थानको लागि बर्नहार्ट कलेज र काठमान्डु वर्ल्डबीच प्रतिस्पर्धा हुनेछ। 

सेमीफाइनलमा जेभियर बर्नहार्टलाई ६६-४० ले र टाइम्सले काठमान्डु वर्ल्डलाई ६५-५० ले पराजित गरे ।

यु-१८ छात्रातर्फ भ्याली पब्लिकले नामीलाई ५३-३४ ले र जेम्सले रिब्स स्कुललाई २९-२२ ले हराउँदै फाइनल यात्रा तय गरे ।

यु-१६ छात्रतर्फ सेन्ट जेभियर्सले एलआरआइ ६६-५९ र मातृभूमिले रातो बंगलालाई ४१-४० ले  निरास बनाउँदै उपाधि भिडन्त पक्का गरे ।

यु-१२ फुटबलको छात्रतर्फ चेल्सी वर्ल्डले जेम्सलाई ३-० तथा एपिएफले ब्लुम नेपाललाई १-० ले हराउँदै फाइनल पुगे ।

यु-१६ छात्रको सेमीफाइनलमा एपिएफले विनायक तथा नेपाल पुलिसले जेम्सलाई समान ३-० ले हराए ।

यु-१२ क्रिकेट छात्रमा डिएभी, जेम्स , चेल्सी वर्ल्ड र लिटिल एन्जल्स सेमिफाइलनमा पुगेका छन्।

डिएभीले एलआरआइई २३ रन, जेम्सले भ्याली पब्लिकलाई ३३ रनले, चेल्सीले रेडियन्ट रिडर्सलाई तीन विकेट र लिटिल एन्जल्सले ग्यालेक्सी पब्लिकलाई आठ विकेटले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो