माघ २, २०८१ बुधबार | १३:०८:५३
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

कर्पोरेट टी-१० क्रिकेट असोज पहिलो साता हुने

गत संस्करणकाे विजेता सलिको इन्स्योरेन्स ।

काठमाडौं । सिइ कन्स्ट्रक्सन प्रालिको आयोजनामा सिइ कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता आगामी असोज ३ र ४ गते हुने भएको छ ।

चुनिखेलस्थित रोयल्स स्पोर्टस पार्कको इन्डोर क्रिकेट मैदानमा हुने प्रतियोगितामा १२ देखि १६ टोलीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

भदौ २० गतेसम्म ६० हजार शुल्क तिरेर प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गर्न सकिनेछ ।

प्रत्येक टिममा १० खेलाडी हुनेछन् । एक पटकमा आठ खेलाडीलाई मैदानमा उतार्न पाइनेछ । नेपाल क्रिकेट संघ (क्यान) बाट मान्यता प्राप्त अम्पायरले प्रतियोगिता सञ्चालन गर्नेछन् ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ।

आयोजक सिइ कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विजयराज भण्डारीले यस प्रतियोगितालाई उत्कृष्ट बनाउने प्रयास भइरहेको बताएका छन्। ‘क्रिकेटको माध्यमबाट कर्मचारीले आपसमा रमाइलो गर्न पाउनेछन्, जहाँ कुनै बोस हुने छैन, मात्र क्रिकेट खेल्ने सहकर्मीहरू हुनेछन्,’ भण्डारीले भने, ‘यो वर्ष हामीले प्रतियोगितालाई अर्कै स्तरमा पुर्याउने योजना बनाएका छौँ। हाम्रो उद्देश्य विभिन्न कर्पोरेट हाउसलाई एकै स्थानमा ल्याएर सौहार्दपूर्ण बढाउनु हो।’

गत वर्ष सम्पन्न पहिलो संस्करणमा सलिको इन्स्योरेन्स विजेता र आयोजक सिइ कन्स्ट्रक्सन उपविजेता बनेका थिए ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO