चैत्र १४, २०८२ शनिबार | ०२:२५:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मीको विजयी सुरुआत

विराटनगर । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता (एमएम कप) मा साबिक विजेता  विभागीय टोली त्रिभुवन आर्मी क्लबले  विजयी सुरुआत गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध दुई विकेटको जित निकाल्यो ।

एपिएफले प्रस्तुत गरेको १३१ रनको लक्ष्य आर्मीले ३७.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीका लागि नरेन साउदले ८४ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी सुमीत श्रेष्ठले अविजित २१ र पवन कार्कीले अविजित १० रन बनाए ।

एपिएफका लागि दिवान पुनले तीन तथा विकास आग्री र कप्तान भुवन कार्कीले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि प्रकाश जैसीले अविजित ३४, भुवन कार्कीले २५, दीपक बोहराले १६, अविशेक पालले १२ तथा आयुष्मान बमले ११ रन बनाए ।

आर्मीका लागि दुर्गेश गुप्ताले तीन,  नरेन साउद र विशाल सुश्लिंगले समान दुई  तथा तुलबहादुर थापा र पवन कार्कीले समान एक विकेट लिए ।

आइतबार एपिएफ र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

मनमोहन मेमोरियल कप कपफान्डेसनको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मतकुमार कार्कीले गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो