काठमाडौं । न्युक्यासल युनाइटेडसँग ३-० ले पराजित हुँदै इप्सविच टाउन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।
जितसँगै न्युक्यासल ३४ खेलमा ६२ अंकका साथ तेस्रो स्थानमा छ । पराजित इप्सविच समान खेलबाट २१ अंकका साथ १८औं स्थानमा छ ।
एप्सचिले अब बाँकी सबै खेल जिते पनि १७औं स्थानको वेस्टह्याम युनाइटेडलाई भेटन सक्ने छैन । इप्सविच यसै सिजन प्रिमियर लिगमा उक्लिएको थियो ।
यससँगै प्रमियर लिगबाट रेलिसगेसनमा पर्ने तीनै टोलीको टुगो लागेको छ । लेस्ट सिटी र साउथह्याम्टन यसअघि नै च्याम्पियनसिपमा घटुवा भइसकेका थिए ।
शनिबार सेन्ट जेम्स र्पाकमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन अलेक्सजेन्डर इसाक, ड्यान बर्न र लिलियम ओसुलाले गोल गरे ।
बेन जोनसनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि ३७औं मिनेटमा इप्सविच १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा न्युक्यासलले उठायो ।
पहिलो हाफको इन्जुरी समयमा इसाकको गोलमार्फत न्युक्यासलले खग्रता लिएको थियो । ५६औ. मिनेटमा बर्नले टोलीको अग्रता दोब्बर बनाए ।
ओेसुलाले ८०औं मिनेटमा गोल गर्दै न्युक्यासललाई ३-० को सहज जित दिलाए ।
शनिबारै सम्पन्न अन्य खेलमा चेल्सीले एभरटन १-०, उल्भरह्याम्पटनले लेस्टर सिटीलाई ३-० ले, ब्राइटनले वेस्टह्यामलाई ३-२ ले र फुलहमले साउथह्याम्टनलाई २-१ ले पराजित गरे ।