माघ १७, २०८२ शनिबार | १८:०७:०३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि

काठमाडौं । साबिक विजेता नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब आठौं  शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुलिस २५-१५, २५-२३, २५-१६ को सेटमा विजयी भयो ।

अपराजित रहँदै च्याम्पियन बनेको पुलिसले सबै खेल सोझो सेटको जित निकाल्यो । पुलिसले समूह चरणमा न्यु डायमन्ड स्पोर्टस क्लब र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

यता एपिएफले समूह चरणमा आर्मी र एभरेस्ट भलिबल क्लब तथा सेमिफाइनलमा न्यु डायमन्डलाई पराजित गरेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेश्रो स्थान हासिल गर्यो। न्यु डायमन्डले आर्मीलाई २५-१९, २५-१२,१५-१८ ले पराजित गर्यो ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ५ लाख,  लाख ५० हजार र  १ लाख २५ हजार रुपैयाँ  प्राप्त गरे ।

पुलिसकी कामना विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले ५० हजार नगद पुरस्कार पाइन् । कामनाले बैंकक जाने आउने हवाइ टिकट पनि पाइन् ।

विधागततर्फ स्काइकरमा निरुता ठगुन्ना, ब्लकरमा पुनम चन्द, सेटरमा कमला पुन, लिबेरोमा  शान्तिकला तामाङ, सर्भरमा पूजा चौधरी र प्रशिक्षकमा रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए ।

निरुता र पूजा एपिएफ तथा अरु पुलिसका हुन् । उत्कृष्ट सबैले २५ हजार रुपैयाँ पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।