चैत्र १६, २०८२ सोमबार | २२:४२:२८
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि

काठमाडौं । साबिक विजेता नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब आठौं  शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुलिस २५-१५, २५-२३, २५-१६ को सेटमा विजयी भयो ।

अपराजित रहँदै च्याम्पियन बनेको पुलिसले सबै खेल सोझो सेटको जित निकाल्यो । पुलिसले समूह चरणमा न्यु डायमन्ड स्पोर्टस क्लब र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

यता एपिएफले समूह चरणमा आर्मी र एभरेस्ट भलिबल क्लब तथा सेमिफाइनलमा न्यु डायमन्डलाई पराजित गरेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेश्रो स्थान हासिल गर्यो। न्यु डायमन्डले आर्मीलाई २५-१९, २५-१२,१५-१८ ले पराजित गर्यो ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ५ लाख,  लाख ५० हजार र  १ लाख २५ हजार रुपैयाँ  प्राप्त गरे ।

पुलिसकी कामना विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले ५० हजार नगद पुरस्कार पाइन् । कामनाले बैंकक जाने आउने हवाइ टिकट पनि पाइन् ।

विधागततर्फ स्काइकरमा निरुता ठगुन्ना, ब्लकरमा पुनम चन्द, सेटरमा कमला पुन, लिबेरोमा  शान्तिकला तामाङ, सर्भरमा पूजा चौधरी र प्रशिक्षकमा रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए ।

निरुता र पूजा एपिएफ तथा अरु पुलिसका हुन् । उत्कृष्ट सबैले २५ हजार रुपैयाँ पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो