भाद्र २३, २०८१ आइतबार | ०८:४०:१५
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

प्रधानमन्त्री कपः कोशीमाथि सहज जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौं । कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले प्रस्तुत गरको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरेपनि ४ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।

कोशीका लागि अप्सरी बेगमले ३१, कप्तान रुबिना क्षेत्री २२ र लकिता राजवंशीले १४ रन बनाए । एपिएफका लागि सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता राना मगरले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि इन्दु बर्माले ५० बलमा ३ चौका र १ छक्काको मद्दतले अविजित ५६ रनको योगदान गरिन् । यसैगरी सीता राना मगरले ४५, रोमा थापाले अविजित १८ र ज्योति पाण्डेले १२ रन बनाए ।

तेस्रो विकेटका लागि इन्दु र रोमाले अविजित ५८ रनको साझेदारी गरे । कोशीका लागि रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

लिग चरणबाट एपिएफ पहिलो र कोशी दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेका थिए । कोशीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बागमती र सुदूरपश्चिमबीच हुने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024