काठमाडौं । चार देशसम्मिलित महिला ट्वान्टी २० श्रृंखलाको उपाधि घरेलु टोली हङकङले जितेको छ ।
आइतबार भएको फाइनलमा हङकङले तान्जानियालाई ५ विकेटले पराजित गरेको हो ।
हङकङ क्रिकेट मैदानमा हङकङले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको तान्जानियाले १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ८४ रन बनायो । तान्जानियाका लागि मोनिका पास्कालले सर्वाधिक ४२ रन बनाउँदा हुदा ओमारीले १३ रन जोडिन् । पेरिस कमुन्या १० रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
हङकङका लागि मरिको हिलले सर्वाधिक ५ विकेट लिए । त्यस्तै इक्रा सहरले तीन र एलिशन स्युले एक विकेट लिए ।
८५ रनको लक्ष्य पछ्याएको हङकङले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । तान्जानियाका लागि अइसा मोहम्मदले दुई विकेट लिइन् भने नीमा पिउस र सोफिया जेरुमले समान एक विकेट लिए ।
हङकङ अपराजित रहँदै च्याम्पियन बनेको हो ।