वैशाख २८, २०८२ आइतबार | १९:३२:००
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आज (बुधबार) नेपाल र तान्जेनियाबीच प्रतिस्पर्धा हुँदैछ ।  हङकङ क्रिकेट क्लबको मैदानमा तान्जेनियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल सुरुआती बलिङ गर्नेछ ।

नेपाली टोली इन्दु बर्माको कप्तानीमा पहिलो जित निकाल्ने दाउँमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दुलाई पहिलो पटक कप्तानी जिम्मेवारी दिएको थियो । एक दशकदेखि कप्तानी जिम्मेवारी लिएकी अर्की अलराउन्डर रुबिना क्षेत्रीलाई पदमुक्त गराउँदै क्यानले इन्दुलाई जिम्मेवारी दिएको हो ।

कप्तान इन्दुले उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुन खेल्ने बताइन् । ‘तान्जेनिया नयाँ प्रतिद्वन्दी हो । हामी उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न चाहन्छौं,’ इन्दुले भनिन् ।

यसैगरी प्रशिक्षकमा मनोज कटवाल छन् । कटवाल पनि डेब्यु जितको खोजीमा छन् । कटवाल पहिलो जित निकाल्दै सानदार सुरुआत गर्ने दाउमा छन् । नेपाल पुलिस क्लब र चितवन राइनोजको प्रशिक्षक सम्हालेका कटवाल घरेलु क्रिकेटमा सफल प्रशिक्षक मध्येका एक हुन् ।

प्रशिक्षक कटवालले युवा खेलाडीबाट उत्कृष्ट प्रदर्शन विश्वास गरे । उनले छोटो तयारीमा राम्रो प्रदर्शन निस्कने बताएका छन् । ‘हामीले लामो समय तयारी गर्न पाएनौं । तर, युवा र अनुभवी खेलाडीको साथ राम्रो प्रदर्शन गर्न सक्छौँ,’ कटवालले भने ।

नेपालको कप्तानी इन्दुले गरेपनि रुविनासहित सिता राना मगर जस्ता सिनियर खेलाडीको साथ टोलीलाई हुनेछ । उपकप्तान बिन्दु रावलसहित अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगोल, पुजा महतो, रोमा थापा, सम्झना खड्का, संगिता राई, सोनी पाख्रिन र सोमु विष्ट छन् ।

नेपाल र तान्जेनिया पहिलो पटक भिड्न लागेको हुन् । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको छैन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ ।  नेपालले यसपछि शृंखलामा आयोजक  हङकङ र जापानसँग खेल्नेछ ।

तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीः 
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगोल, पुजा महतो, रोमा थापा, सम्झना खड्का, संगिता राई, सोनी पाख्रिन र सोमु विष्ट .

तान्जेनिया टोलीः 
फातुमा किबासु (कप्तान), ऐशा मोहमेद, हुदा ओमारी, मोनिका इदी, एमवाजादु सालुमु, एमवानाम्भुआ उशांगा, नीमा पिउस, पेरिक कामुन्या, साउम बोराकाम्बी,  साउम हुसेन, साउम एमताइ, शेइला किजितो, शुफा मोहमेद र सोफिया फ्राङ्क
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP