काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप अन्त्यतिर आइसकेको छ । अब प्रतियोगितामा सेमिफाइनलका २ र फाइनल गरी तीन खेल मात्र बाँकी छ ।
प्रतियोगितामा सहभागि १० टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यसपटक भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।
बुधबार हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा बिहीबार हुने दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् ।
यी चारमध्य कुनै एक टोली विश्व च्याम्पियन बन्ने छ । विश्वकप च्याम्पियन टोलीले कती रकम पाउला भन्ने सबैमा कोलुतहता छ ।
विश्वकपमा विजेता मात्र नभएर सहभागि टोलीले पनि नगर पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तो छ आइसिसी एकदिवसीय विश्वकपको पुरस्कार राशि (ओरिकी डलर) मा
विजेताः ४० लाख
उपविजेता: २० लाख
सेमिफाफाइनबाट बाहिरने टोली: ८ लाख
समूह चरणबाटै बाहिरिने टोली : १ लाख
यो फिफा विश्वकपको भन्दा धेरै कम हो । फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिने टोलीले पनि आइसिसी एकदिवसीय विश्वकपको विजेताको भन्दा बढि पुरस्कार पाउनेछन् ।
फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । यस्तै विजेतालाई ४ करोड २० लाख अमेरिकी डलर प्रदान गरिनेछ।