वैशाख २८, २०८२ आइतबार | १८:५३:१९
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

एकदिवसीय विश्वकपः न्युजिल्यान्डविरुद्ध भारतको रणनिति कस्तो हुनुपर्छ ?

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार घरेलु टोली भारतले न्युजिल्यान्डको सामना गर्दैछ ।

 भारतले न्युजिल्यान्डलाई लिग चरणमा हराएको थियो तर मुम्बईको वान्खडे क्रिकेट मैदानमा किबी टोलीसँग प्रतिस्पर्धा गर्न त्यती सहज भने हुनेछैन् ।

विश्वस्तरीय बलर र ब्याटरको साथ पाएको न्युजिल्यान्डले भारतलाई चुनौती दिन सक्छ । यसमा रचिन रविन्द्र, मिचेल स्यान्टनर र ट्रेन्ट बोल्ट भारतीय टोलीका लागि ठूलो चुनौती हुनेछन् ।

हालसम्म भारतले १ सय १७ खेलमा एक अर्काको सामना गर्दा न्युजिल्यान्ड ५९ र भारत ५० खेलमा विजयी भएका छन् । ७ खेलविना नतिजा टुङ्गिदा १ खेल टाइ भएको छ ।

विश्वकपमा यी दुईले १० खेलमा एक अर्काको सामना गर्दा न्युजिल्यान्डले ५ भारतले ४ जित निकालेका छन् । १ खेलवीना नतिजा टुङ्गिएको छ ।

दुवै टोलीको हालको लय र मुम्बईको अवस्थालाई ध्यानमा राखेर सेमिफाइनलमा भारतीय टोलीको रणनीति कस्तो हुन सक्छ भन्ने कुराको चार्चा गर्ने प्रयास गरिएको छ

१ पहिले ब्याटिङ गर्नु फाइदाजनक हुनेछ

वान्खडेमा टस जित्नु महत्त्वपूर्ण छ ।  यहाँ पहिले ब्याटिङ गर्ने टिमलाई फाइदा हुन्छ । यो मैदानमा लित चरणका ४ मध्ये ३ खेलमा पहिले ब्याटिङ गरेको टोलीले जित हात पारेको छ ।

यस मैदानमा इङ्ल्याडविरुद्ध ब्याटिङ गर्दा दक्षिण अफ्रिकाले ३ सय ९९ रन बनाएको थियो । यस विश्वकपमा पहिले ब्याटिङ गर्ने टोलीले ३ सय ५७ रन बनाएको छ भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले औसतमा १ सय ८८ रन मात्रै बनाउन सकेको छ ।

२. लक्ष्य पछ्याउँदा सुरुआती १५ ओभर महत्त्वपूर्ण हुनेछ

वान्खडे रंगशालामा रन पछ्याउने अवस्थामा पहिलो १५ ओभर सावधानीपूर्वक खेल्नुपर्नेछ । यसको मुख्य कारण रातमा बत्ती मुनि लामो समयसम्म नयाँ बल स्विङ र सिम हुनु हो ।

भारतले श्रीलंकाविरुद्धको पावरप्लेमा सिम र स्विङका आधारमा ६ विकेट लिएको थियो भने दक्षिण अफ्रिकाले इङ्ल्यान्ड र बंगलादेशविरुद्ध क्रमशः चार र तीन विकेट लिएको थियो ।

 यस मैदानमा खेलेका ४ खेलमा पछ्याउँदै टोलीले पावरप्लेमा ४० मध्ये १७ विकेट गुमाएको छ भने पहिले ब्याटिङ गर्दा ५ विकेट मात्रै गुमाएको छ ।

अफगानिस्तानविरुद्ध अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले प्रारम्भिक ओभरहरूमा धैर्यता कायम राखे र त्यसपछि ठूला शटहरू खेल्दै दोहोरो शतक बनाए र जित हासिल गरे।

सुरुआती १५ ओभरमा विकेट नगुमाएमा लक्ष्य पछ्याउन सजिलो हुनेछ ।

३. न्युजिल्यान्डका पाँचौं र छैटौं बलरहरूमा दबाब सिर्जना गर्ने

न्युजिल्यान्डसँग भारतको तुलनामा बलिङको विकल्प बढी छ, तर चार पूर्णकालिक विशेषज्ञ बलर मात्रै छन् । प्रतियोगितामा न्युजिल्यान्डको सफलताको सबैभन्दा ठूलो कारण पाँचौं र छैटौं बलरको विकेट हो ।

ग्लेन फिलिप्स र रचिन रविन्द्र पाँचौं र छैटौं बलरको जिम्मेवारीमा छन्। ग्लेन फिलिप्सले मध्य ओभरमा डेभिड वार्नर र ट्राभिस हेडको महत्वपूर्ण विकेट लिएर अस्ट्रेलियाविरुद्धको १ सय ७५ रनको साझेदारी तोडेका थिए । यद्यपि, न्युजिल्यान्डले फिलिप्स भन्दा  रविन्द्रलाई धेरै प्रयोग गर्नेछ, किनकि भारतको लाइनअपमा शीर्ष ६ खेलाडीहरू दायाँ हाते छन् ।

भारतीय ब्याट्सम्यानले यी दुई खेलाडीविरुद्ध अक्रमक खेलेर किवीमाथि दबाब सिर्जना गर्नुपर्नेछ । न्युजिल्यान्डमा पाँचौं विशेषज्ञ बलरको अभावका कारण भारतले टस हारे पनि आक्रमण गर्ने पर्याप्त अवसर पाउनेछ ।

४.बोल्ट र स्यान्टनरलाई विकेट नदिने

भारतले ट्रेन्ट बोल्ट र मिचेल स्यान्टनरसँग सावधानीपूर्वक खेलेर विकेट बचाउनु पर्नेछ । स्यान्टनर यस विश्वकपमा न्युजिल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

यस विश्वकपमा उनले लिएका १६ विकेटमध्ये १५ दायाँ हाते ब्याट्सम्यान हुन्। भारतसँग ७ नम्बरभन्दा अगाडि बायाँ हाते ब्याट्सम्यान छैनन् ।

अर्कोतर्फ, ट्रेन्ट बोल्ट भारतविरुद्ध सधैं सबैभन्दा ठूलो चुनौती बनेका छन् । भारतीय खेलाडीहरू सधैं बायाँ हाते तिब्र गतीका बलरविरुद्ध संघर्ष गरिरहेको देखिन्छ ।

यी दुई खेलाडीविरुद्ध भारतीय ब्याट्सम्यानले विकेट जोगाउनु पर्नेछ । 

दैनिक भास्करबाट साभार


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP