काठमाडौं । हङकङमा हुने चार देशसम्मिलित महिला ट्वान्टी २० शृंखला खेल्ने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाली टोली आइतबार दिउँसो हङकङ प्रस्थान गरेको हो । हङकङ जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिदाइ गरेको थियो ।
क्यानले शृंखलाबाट इन्दु बर्मालाई नयाँ कप्तान घोषणा गरेको छ । यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । यसैगरी क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्धन्द्धी हुन् ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान), अस्मिना कर्मचार्य, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का,