काठमाडौं । आईसिसी एकदिवसीय विश्वकपमा आज (आइतबार) आयोजक भारत र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेंगलुरूको चेन्नई स्वामी मैदानमा दिउसो सवाँ २ बजे सुरू हुनेछ ।
विश्वकपको यो ४५औं खेल हो । यससँगै समूह चरणमा सम्पूर्ण खेल पूरा हुनेछन् । आयोजक भारत लगातार आठ खेल जित्दै सेमिफाइलनमा स्थान बनाइसकेको छ । भारत पहिलो पटक लगातार नवौं खेल जित्ने योजनामा छ । भारतले आठ खेलबाट १६ अंकसहित शीर्षस्थानमा छ ।
नेदरल्यान्ड्सको भने उपाधि सम्भावना समाप्त भइसकेको छ । अब, नेदरल्यान्ड्सको एउटै लक्ष्य सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफीमा रहेको छ । नेदरल्यान्ड्स आठ मध्ये २ खेलमा जित निकाल्दै चार अंक जोडेको छ ।
हालसम्म भारत र नेदरल्यान्ड्सबीच दुई भेट भएको छ । दुबै भेट भारतको पक्षमा छ । सन् २००३ मा ६८ रन र सन् २०११ मा भारतले पाँच विकेटको जित निकालेको थियो ।
जारी विश्वकपमा दुई सतक र चार अर्धसतकसहित विराट कोहलीले सर्वाधिक पाँच सय ४३ रन बनाएका छन् । बलिङतर्फ मोहम्मद सामीले सर्वाधिक १६ विकेट लिएका छन् ।